निलम्बित सांसलाई रातो कार्पेट विछ्याउने सिडियोप्रति संसदमै हंगमा

साउन ७ (२०८२), काठमाडौं । टेरामक्स घोटला काण्डमा निलम्बित बनेका मोहनबहादुर बस्नेतलाई सांसदकै हैसियतमा रातो कार्पेट विछ्याउने एक सिडियोका बारेमा संसदमै बहस छेडिएको छ ।

सिन्धुापल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले निलम्बित सांसदलाई खुलेआम सांसदकै हैसियतमा रातो कार्पेट विछ्याएर सुशासनको धज्जी उडाईएको भन्दै प्रतिनिधिसभा सिन्धुपाल्चचोक क्षेत्र नम्बर १ का सांसद माधव सापकोटाले संसदको ध्यानकर्षण गराएका छन् ।
आज चलेको संसदको विशेष समयमा बोल्दै उनले निलम्बित सांसद माेहनबहादुर बस्नेतकाे नामै भने लिएनन । सरकारी कार्यक्रममा निलम्बनमा परेका कानुनी रुपमा मुद्दा परेका व्यक्तिलाई प्रमुख अतिथिका रुपमा प्रजिअ थापाले आमन्त्रण गरेको उल्लेख गरे ।

उनले भने, ‘उक्त कार्य संसदको अवमूल्यन हो, शासनवप्रणाली, नैतिकता र जनविश्वासमाथि ठूलो हमला समेत भएको छ ।’ मन्त्रीहरुको घुष काण्डका अडियोहरु बाहिर पुष्टी भईसकेर राजीनामा माग्दा पनि सुनुवाई नहुदा वेथितिको घटनाले निरन्तर पाएको बताउँदै उनले सिन्धुपाल्चोकमा भएको घटनाको बारेमा आफ्नो धारणा राखे । उनले भने, ‘टेरामक्स प्रकणमा सम्मानित अदालतमा मद्दा दर्ता भएर कानुनी रुपमा पद समेत निलम्बनमा परेका व्यक्तिलाई सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीले एउटा सरकारी कार्यक्रमको आयोजना गरेर प्रमुख अतिथिका रुपमा आमन्त्रण गरियो र शानका साथ रातो कार्पेट र ठुलठुला माला लगाएर सानका साथ फोटो खिचेर जिल्ला प्रशासन कार्यालय पेजबाट अपलोड गरियो ।’ यहि संसदले सार्वजनिक पद निलम्बन गरेको हुँदा सरकारी कार्यक्रममा निलम्बनमा परेका र कानुनी रुपमा मुद्दा समेत लागेका व्यक्ति प्रमुख अतिथिका रुपमा आमन्त्रण गरेर राख्नु भनेको यो संसदको समेत अवमूल्यान भएको भन्दै गृहमन्त्रालयको आधिकारीक धारणा माग गरे । उनले भने, ‘प्रमुख जिल्ला अधिकारी भनेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिल्लाको प्रतिनिधि समेत हो ।’ मुद्दा दर्ता गरको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सर्तकतोकन्द्र र हेलो सरकारलाई समेत ध्यानकर्षण ध्यानकर्षण गराए ।

अर्काे एक प्रसंगमा सांसद सापकोटाले २४ गते रसुवामा आएको बाढीका कारण फसेका २०५ नेपालीलाई चिनिया स्थित वाणिज्य राजदुताबास कार्यालय तथा नेपाल सरकारलाई धन्यवाद दिए । केरुङ नाकामा मालबाहक ट्रककन्टेनर सयौंको संख्यामा चिन तर्फ फसेको कारण उक्त सामाग्री नबिग्रदै नेपाल भित्र्याउन सरकारको ध्यानकर्षण गराए ।