सिन्धुपाल्चोक जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
दिनेश दुलाल
असार २७ (२०८२), चौतारा । सिन्धुपाल्चोक जिल्लालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समिति सिन्धुपाल्चोकको आयोजनामा शुक्रबार सदरमुकाम चौतारामा जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो ।

बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले कार्यक्रमको उदघाटन गर्दै सिन्धुपाल्चोक जिल्ला पूर्ण खोप सुनिश्चिता तथा दिगोपना जिल्ला भएको घोषणा गरे ।

जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठको अध्यक्षमा भएको उक्त घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री थापाले कार्यक्रममा बोल्दै बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले हरेक नागरिकलाई स्वास्थ्यको पहुँच पु¥याउने लक्ष्य सहित स्वास्थ्यको बजेट निर्माण गरिएको बताए । हरेक अस्पताहरूमा विशेषज्ञ सेवा थपीदै गएको उनले बताए । १३ वटै जिल्लामा अस्पतालहरूलाई वाग्मती प्रदेश सरकारले जनशक्ति र औजार लगाएतले सुविधा सम्पन्न बनाउने उनले उदघोष गरे । वाग्मती प्रदेश सरकारले डिटिटल हेल्थको रूपमा विकास गर्न लागिरहेको सुनाउँदै उनले महिलाहरूको पाठेघरको मुखको क्यान्सरको लागि वाग्मती प्रदेश सरकाले बजेट छुट्टयाइएको बताए । उनले एक जिल्ला एक हेल्दी सिटी, सबै प्रदेश अस्पतालमा आँखाको विशेषज्ञ सेवा, एक पालिका एक नमुना स्वास्थ्य चौकी, प्रत्येक पालिकामा स्वास्थ्य शिविर, प्रादेशिक अस्पतालमा टेलिमेडिसिन सेवा, बागमती प्रदेशका पत्रकारहरुका लागि स्वास्थ्य विमामा प्रिमियम सेवा दिने लगाएतका कार्यक्रम ल्याईएको बताए । थापाले स्वास्थ्यलाई प्रभावकारी बनाउनका लागि सबै नीतिमा स्वास्थ्य नीति ल्याईएको समेत बताए ।

कार्यक्रममा वाग्मति प्रदेशका पूर्व सामाजिक विकासमन्त्री युवराज दुलालले सबै नागरिकले स्वास्थ पहुँच हुने कुरा संविधानले उल्लेख गरेको उल्लेख गर्दै व्यवहारमा जति कार्यान्वयन गर्न सके त्यति सफलता मिल्ने बताए ।

स्वास्थ क्षेत्रहरूमा जुन खालको अभ्यास गर्न आवश्यक रहेपनि त्यो केही मात्रामा चुकेको बताउँदै तीनै तहक सरकारले सहकार्य गर्न आवश्यकता रहेको औंल्याए ।

अर्का वाग्मपति प्रदेश सांसद सरल सहयात्री पौडेलले निरन्तरता कसरी दिन्छौं त्यो महत्वपूर्ण हुने भन्दै सबै पक्ष सचेत भएर व्यवस्थापकीय पाटोमा साझा सबाल हुनपर्ने तर्क राखे । स्वास्थ्य सुरक्षा सबैभन्दा महत्वपूर्ण पक्ष संविधानमा मौलिक हकको रूपमा उल्लेख भएको बताए ।
खोपको अधिकारबाट बालबालिकालाई बन्चित नगरी निशुल्क सहज रूपमा पाउने अधिकार नै समाजवाद भएको उल्लेख गर्दै उनले लोकतन्त्रको अधिकार लोकतन्त्रमै हुने तर्क राखे ।

चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले पूर्ण खोप सुनिश्चतामा दिगोपन हुन्छ कि हुँदैन त्यो चुनौति रहेको उनले बताए । यसको लागि स्थानीय सरकारहरू लागिपर्ने उनले जोड दिए । सोही कार्यक्रममा अर्को प्रसंगमा उनले संघ प्रदेश बजेट कटौति गर्नु संघीयता माथिको प्रहार भएको उनले ठोकुवा गरे । समानुकरण विशेष अनुदान कटौति गरेर स्थानीय सरकारलाई कमजोर बनाएको उनको आरोप छ ।

त्यस्तै हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले घोषणाले मात्र पुरा नहुने बताउँदै जनताको आवश्यकता र समस्यासंग जोडिनुपर्नेमा जोड दिए । उनले प्रश्न गर्दै भने, ‘४ दिनको सुत्केरी आमाहरूलाई हिडाउनु भनेको सेवा होकी संजाय हो ?।’ उपचार गर्न अप्रेस गर्न १५ लाख खर्च गर्नुपर्ने अवस्थामा सरकार काहाँ छ भनेर प्रश्न गरे । हेलम्बु गाउँपालिकाले सुत्केरी आमाहरूलाई घरमै सेवा दिन थालेको बताउँदै खटिने स्वास्थ्यकर्मीहरूलाई थप पारिश्रमिक दिएको उनले उल्लेख गरे ।

कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिका उपाध्यक्ष गीताकुमारी नेपाल, सिन्धुपाल्चोक प्रमुख जिल्ला अधिकारी किरण थापा, विश्व स्वास्थ संगठन कन्ट्री डाइरेक्टर राजेश पाण्डव, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखा अध्यक्ष ध्रुव दंगाल लगाएतले पूर्ण खोप सुनिश्चताको दिगोपन आवश्यक रहेको औंल्याउँदै शुभकामना दिए ।

कार्यक्रममा पूर्ण खोप सुनिश्चितता अभियानमा सहयोग गर्ने सरकारी निकायहरु, संघसंस्थाहरु र उत्कृष्ट कार्य गर्ने स्वास्थ्यकर्मीहरु, कार्यालय सहयोगी तथा स्वयमसेविका लगाएतलाई सम्मान गरिएको छ ।

जिल्लाका १२ वटै स्थानीय तहलाई पूर्ण खोप घोषणा गरिसकेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । सो अवसरमा मन्त्री थापाले बागमती प्रदेशको तर्फबाट पूर्णखोप सुनिश्चितता जिल्ला भएको प्रमाणपत्र प्रदान गरेका छन ।

जिल्लाका २ हजार ४ सय ७० (१६ देखी २३ महिनाका) बालबालिकालाई पूर्ण खोप लगाएको र १४ जना बालबालिकाले आंशिक खोप मात्रै लिएको सर्वेक्षणमा भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत दुर्गा बजगाईँले जानकारी दिईन उनका अनुसार जिल्लामा २०७४ सालमा पहिलो पूर्ण खोप सुनिश्चिता जिल्ला घोषणा गरिएको थियो ।








