जुगल गाउँपालिका पूर्ण खोप सुनिश्चित

दिनेश दुलाल
२९ जेठ (२०८२), चनौटे । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागीता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्दता ‘भन्ने मुल नाराका साथ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गरिएको हो ।
उमेर पूरा भएर पनि खोप लगाउन छुटेका १६ देखि ५९ महिना उमेर समुहका १ हजार ७४७ बालबालिका खोपको पूर्ण मात्रता लगाउँदै पुर्ण खोप सुनिश्चित गरिएको हो । यसको लागि नगरले तीन महिना ‘खोज र खोप’ अभियान नै चलाएको थियो ।

अभियानले सबै बालबालिकाले पूर्ण खोप लगाएको सुनिश्चित भएपछि बिहिवार गाउँपालिका अध्यक्ष रेशम स्याङबोले पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरे । घोषणा कार्यक्रममा स्याङबो सहित प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विक, जिल्ला स्वास्थ्य कार्यालयकी जन स्वास्थ्य अधिकृत रिमा लवजू, कार्यालयका कर्मचारीहरु तथा स्वास्थ्यकर्मीहरुले खोप सुनिश्चितता निरन्तरता कायम राख्ने प्रतिवद्वता–पत्रमा हस्ताक्षर समेत गरेका छन् ।

जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङबाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो भने अध्यक्ष स्याङबोले खोप सुनिश्चिाताको लागि योगदान पु¥याउने विभिन्न वडाबाट प्रतिनिधत्व गर्ने स्वास्थ्यकर्मीहरुलाई वडा प्रमाणपत्र प्रदान गरेका थिए । उक्त कार्यक्रममा स्याङबोले बालबालिकाको स्वास्थ्य सुरक्षामा खोपको आवश्यकता रहेको भन्दै कुनै पनि बालबालिका खोपबाट वञ्चित हुनु नहुने धारणा व्यक्त गरे । “खोपले बालबालिकामा विभिन्न रोगविरुद्धको प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ, त्यसैले सबै अभिभावक जिम्मेवार बन्नुपर्छ,” अध्यक्ष स्याङबोले भने ।

स्वास्थ्य शाखा प्रमुख अनिल साउदका अनुसार जुगल गाउँपालिकाका ६ वटै वडालाई वडास्तरीय खोप समन्वय समितिहरूको सक्रियतामा पूर्ण खोपयुक्त घोषित गरिएको हो । घोषणाअघि प्रत्येक घरधुरीमा १५ महिनासम्मका बालबालिकालाई लक्षित गर्दै व्यापक सर्वेक्षण गरिएको थियो ।
स्वास्थ्यकर्मीहरूको निरन्तर परिश्रम, समुदायको सहयोग र समन्वयकै कारण बलेफी पूर्ण खोप सुनिश्चित पालिकाको मान्यता पाएको हो । पालिकाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्वास्थ्यकर्मीहरूलाई सम्मान समेत गरेको छ ।

जुगल सँगै सिन्धुपाल्चोकमा पूर्ण खोप सुनिश्चित पालिकाको संख्या ७ पुगेको छ । यसअघि हेलम्बु, बलेफी र भोटेकोशी गाउँपालिकाले पूर्ण खोप सुनिश्चितताको मान्यता पाइसकेका छन् । बिहिबार मेलम्ची, जुगल, बाह्रबिसे र त्रिपुरासुन्दरी गाउँपालिकालाई एकै दिन घोषणा गरिएको थियो ।

जिल्ला खोप समन्वय समिति सिन्धुपाल्चोककी सदस्य सचिव दुर्गा बजगाईका अनुसार, सिन्धुपाल्चोकका अन्य पालिकाहरू पनि अन्तिम तयारीमा छन् । जेठ महिनासम्ममा जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने लक्ष्य राखिएको छ ।