नयाँ प्रविधिको विकासमा लागेको ११ नम्बर वडाले ग¥यो सार्वजनिक सुनाई


९ जेठ (२०८२), साँगाचोक । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका अन्र्तगत ११ नम्बर वडाले शुक्रबार सार्वजनिक सुनाई कार्यक्रम सम्पन्न गरेको छ । नयाँ प्रविधि संगै जनताको विकास अभियानमा लागेको ११ नम्बर वडाले आफूले गरेको कामको समिक्षा तथा जनतासंगको साँक्षत्कार गर्न सार्वजनिक सुनुवाई कार्यक्रम राखेको हो ।

वडाको ३ वर्षे कार्यसम्पादनको समीक्षा तथा आगामी २ वर्षका नीति तथा कार्यक्रममाथि छलफलसहित सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको वडाले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख कृष्णप्रसाद सापकोटा, विशेष अतिथिको रूपमा नगर उपप्रमुख सीता थापा, अन्य वडाध्यक्षहरू, नागरिक समाजका प्रतिनिधिहरू, स्थानीय बुद्धिजीवी, महिला तथा युवाहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रम वडा अध्यक्ष रोशन राज गिरिको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा विगत ३ वर्षमा वडाले गरेका विकास निर्माण, सेवा प्रवाह, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी लगायतका क्षेत्रका कामहरूको समिक्षा प्रस्तुत गरिनुका साथै सहभागी नागरिकहरूले आगामी नीति तथा कार्यक्रममाथि आफ्ना सुझाव र गुनासा राखेका थिए ।

बन्यजन्तु आतङ्कबाट मुक्त गराउन बँदेल नियन्त्रण गर्न होस या रिचार्ज पोखरी तथा जनतालाई सहयोग पुग्नेगरी नयाँ प्रविधि मार्फत साईलेज घाँस निर्माण गरेर जनतालाई वितरण गरेर किसानमैत्री काम गरेर चर्चा कमाएको छ । बँदेलबाट जनताको बाली जोगाउन ८ किलोमिटर क्षेत्रमा तारजाली समेत लगाएको छ । वडाले ३० लाख रुपैयाँको बजेटमा बनाएको यो संरचनाले खेतबारीमा बदेल र अन्य जंगली जनावरको सहज पहुँच रोकेको कृषक बताउँछन् ।

जंगली जनावरको कारण वर्षेनी हुने अन्नबालीको क्षति कम गर्न तिन वर्ष देखि तारजाली लगाउने काम भईरहेको छ । यसलाई थप प्रभावकारी बनाउन तार जालीमा सौर्य ऊर्जाबाट सञ्चालित हल्का करेन्टको प्रवाह पनि सुरु गरिएको वडा अध्यक्ष रोशन राज गिरीले बताए । यसले जनावरलाई हानी नगर्ने तर डराएर फर्काउने काम गर्ने गिरीको भनाई छ ।

यो योजनाको सुरुवात शुक्रबार नगरपालिकाका मेयर कृष्ण प्रसाद सापकोटाले गरेका हुन् । यसको प्रभावकारीता बारे किसान सँग समेत प्रतिक्रिया लिएका मेयर सापकोटाले प्रविधि र परम्पराको समायोजन गर्दै कृषकको सुरक्षा र उत्पादनमा सुधार ल्याउने वडाको योजनाको प्रशंसा गरे ।

खेतबारीमा बदेल, दुम्सी जस्ता जंगली जनावरको आतंक बाट जोगिन ११ नम्बर वडाले सुरु गरेको अनौठो तर प्रभावकारी कामले किसान पनि खुशी देखिएका छन् ।