
दुर्गा प्रसाईं पक्राउ नपरेको नेपाल प्रहरी प्रधान कार्यालयको भनाई

२९ चैत्र, काठमाडौ । तीनकुने हिंसात्मक प्रदर्शनपछि फरार रहेका विवादास्पद व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेको चर्चा चले पनि प्रहरीले भने त्यसको खण्डन गरेको छ ।
नेपाल प्रहरी माहानिर्देशकको सचिवालयको यस्तो भनाई आएको हो । प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले प्रसाईं पक्राउ नपरेको बताएका छन् । आचार्यद्वारा हस्ताक्षरित प्रेस वक्तव्यमा भनिएको छ । ‘नेपाल प्रहरीको विभिन्न स्रोत उल्लेख गरी ‘दुर्गा प्रसाई पक्राउ’ भन्ने शिर्षकमा विभिन्न समाचारहरु प्रकाशन भएको सन्दर्भमा नेपाल प्रहरीको गम्भिर ध्यानकर्षण भएको छ । विभिन्न अपराधिक घटनामा संलग्न रही फरार दर्गा प्रसाई नेपा प्रहरीको खोजी सूचिमा रहेको जानकारी गराउँदै हाल सम्म दुर्गा प्रसाई पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रशारण नगरीदिन हुन सबैमा हार्दिक अनुरोध गर्दछौं ।’
यद्यपि प्रसाईं भारतको असामबाट पक्राउ परेको चर्चा चलेको छ । १५ चैतमा काठमाडौंको तीनकुनेमा राजावादीले गरेको प्रदर्शनले हिंसात्मक रूप लिएको थियो । त्यसक्रममा प्रदर्शनकारीले गरेको आगजनीमा परी एक पत्रकारको मृत्यु भएको थियो भने प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको थियो ।
घटनापछि उक्त प्रदर्शनका नाइके प्रसाईं फरार भएका थिए । उनले फरार रहेकै बेला भिडियो सन्देश जारी गर्दै ज्यानको सुरक्षा रहने ग्यारेन्टी भए चौबिस घण्टाभित्र सार्वजनिक हुने बताएका थिए ।
थ्यग कभलत