जुगलका शिक्षिकाहरु ३ दिने आत्मारक्षा तालिम लिदै

१७ फागुन, चौतारा । हिंसा र अप्रीय घट्ना घट्नवाट सुरक्षित रहनकाका लागि जुगल गाउँपालिकाको महिलाहरूले ३ दिने आत्मरक्षा तालिम लिइरहेका छन् । जुगल गाउँपालिकाको आयोजनामा हलेसी इन्जीनियरिन मल्टीप्रपोज प्रा.लि. ले कार्यक्रम सञ्चालन गर्न सहयोग गरेको छ ।

चौताराको जुगल इनमा सञ्चालित तालिममा उदघाटन कार्यक्रम युवा अभियानता सुवास गौतमको उद्घोषण रहेको थियो ।
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका भित्रका माध्यमिक विधालयमा कार्यरत शिक्षिकाहरुको सहभागितामा भएको महिला आत्मरक्षा तालिम जुगल गाउँपालिकाको उपाध्यक्ष हिमाल श्रेष्ठले उद्घाटन गरेका हुन् ।

उपाध्यक्ष श्रेष्ठले ३ दिनको आत्मरक्षा तालिमले महिला हिंसा र दुव्र्यवहारका घटना नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरे । महिलाहरूलाई आत्मरक्षाको ज्ञान र सीप प्राप्त गर्न तालिम उपयोगी हुने बताए ।तालिममा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष दिपक खत्रीले तालिम सफलताको शुभकामना दिएका थिए । सञ्चारकर्मी खत्रीले चौताराको पर्यावरण, धार्मीक तथा एतिहासिक सम्पदा र यहाको संस्कृतिको समेत अवलोकन गर्न आग्रह गरे ।

तालिमहरु उपयोगी हुने बताउदै आयोजक समेत रहेका प्रदेश युवा स्वयमसेवक रुपक दुलालले कसैले दुव्र्यवहार गर्न खोजे, बलात्कारको प्रयास गरे, गलत नियत राखेर हातपात गर्न खोजे कसरी जोगिने भन्ने विषयमा शिक्षकलाई विद्यार्थी सम्म ज्ञान दिन आग्रह गरे ।

विज्ञ र विशेषज्ञ सहित जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक उमा शंकर प्रसाद यादव, प्रहरी कञ्चन सुर्खेती, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका सदस्य निर्मल बस्नेतले न सैधान्तिक तथा व्यवहारीक कुरामा प्रशिक्षित गरेका छन् । त्यस्तै आत्मारक्षाको लागि प्राबिधिक रुपमा थाङपालधाप माबिका सितामाया बुलुन र शारदा माबिका पार्वती पौडेलले तालिमको सहजिकरण गरिरहेका छन् ।

उनीहरु दुवै जानले प्रदेश युवा समितिबाट अघिल्लो बर्ष एक महिनाको प्रशिक्षक प्रशिक्षणको तालिम पाएका थिए । उनीहरुले महिलाहरुलाई संभावित दुव्र्यवहार वा हिंसाबाट कसरी बच्ने भन्ने बिषयमा प्रयोगात्मक तालिम दिईरहेका छन् । २० जनाको सहभागितामा शुक्रबारबाट सुरु भएको तालिम आईबार सम्पन्न हुने कार्यक्रम संयोजक रुपक दुलालले जानकारी गराए ।