खेलाडी सम्मान तथा बनभाेज कार्यक्रम सम्पन्न ,

१५ फागुन, चाैतारा । सिन्धुपाल्चोक पर्यटकीय स्थल राँनीपाेखरी इर्खुमा गत माघ ३ र ४ मा मेलम्चीमा भएकाे राष्ट्रियस्तरीय कराँते प्रतियोगितामा उपबिजेता खेलाडी सम्मान तथा बनभाेज कार्यक्रम गरेकाे छ ।

उक्त कार्यक्रम चाैतारा साँगाचाेकगढी नगरिालिका वडा नम्बर १३ काे वडास्तरीय खेलकुद समितिकाे आयाेजना भएकाे थियाे ।
चाैतारा साँगाचाेकगढी नगरपालिकाबाट सहभागी भई २० स्वर्ण ८ रजत १३ कास्य पदक सहित उपबिजेता बनेकाे हाे । बिजेता खेलाडीहरुलाई नगरप्रमुख कृष्णप्रसाद सापकाेटा , प्रमुख जिल्ला अधिकारी किरण थापा, १३ नम्बरको वडाध्यक्ष एवं सामाजिक बिकास समिति संयाेजक रामप्रसाद गाैतमले बधाई तथा शुभकामना व्यक्त गरे ।
प्रतियोगितामा प्राप्त सिल्ड नेपाल कराँते महासंघ सिन्धुपाल्चोकका अध्यक्ष गंगालाल श्रेष्ठ मार्फत नगरप्रमुखलाई हस्तान्तरण गरिएको थियाे ।
जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष रामकृष्ण दंगाल खेलप्रति तथा समाजसेवी सुवास गाैतमले सञ्चालन गरेकाे कार्यक्रममा चाैतारा नगरपालिकाभरका कंरातेका खेलाडीहरु सहभागी थिए ।
बिद्यालय बन्द भएकाेे समयकाे सदुपयाेग गर्दै कँराते खेलाडीहरु बनभाेजमा दिनभर गीत नृत्यमा रमाएका थिए ।
ईर्खुकाे वनमा यतिखेर ढकमक्क लालिगुँरासकाे साेन्दर्यले छाएकाे ।