चौतारा अस्पताल न्युनतम मापदण्डमा ९३ अंङ्क पाएर प्रथम

निर्मल बस्नेत
१२ फागुन , चौतारा । प्रादेसिक अस्पताल, चौताराले न्युनतम सेवा मापदण्ड मूल्याङ्कनमा सेकेन्डरी ए लेभलको अस्पतालमध्ये ९३ अंङ्क प्राप्त गरेर प्रथम भएको छ । वागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयले गरेको मूल्याङ्कनमा उक्त अंङ्क प्राप्त गरेको हो ।

अस्पताल तथा स्वास्थ्य संस्थाको न्युनतम मापदण्ड २०७६ को अनुसार उक्त मूल्याङ्कन गरिएको स्वास्थ्य निर्देशनालयका बरिष्ठ डाक्टर नबिन दर्नालले जनकारी गराए ।
उनका अनुसार अस्पतालको निमित बैठक बस्न गरेकोे, दैनिक बिहानी छलफल हुने गरेको, बिद्युतिय हाजीलाई अनिवार्य गरेको, बिमारीको लागि टोकनको व्यवस्थापन गरेको, सुचना पाटीमा सुचना टाँस गर्ने गरेको, अस्पतालको आफ्नै वेबसाईट निर्माण गरि सञ्चालनमा ल्याएको, सुरक्षा गार्ड र सिसी टिभी क्यामेराको जडान भएको लगायत पक्षहरु अस्पतालको राम्रा पक्षहरु भएको निर्देशनालयले जनाएको छ । निर्देशनालयले दिएको जानकारी अनुसार रामेछापको अस्पताल बाहेक हासम्म गरिएको मूल्याङ्कनमा सिन्धुपाल्चोक उच्च स्थानमा नै रहेको छ ।

कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटाले भने ̎जुन रुपमा मूल्याङ्कनमा अङ्क पाउनुभएको छ त्यतिकै तपाईहरुमा चुनौति थपिएको छ । ” उनले थपे ̎तपाइहरुले झन मेहनतका साथ सेवाप्रवाहमा ध्यान दिनु आवश्यक छ ।” चौताराकै मानिषहरुले सेवा बढी लिने भएको हुँदा स्थानीय सरकारको तर्फबाट समेत सक्नेसम्मको सहयोग अस्पताललाई उपलब्ध गराउँदै जाने प्रतिबद्धता जनाए ।

स्वास्थ्य निर्देशनालयका निर्देशक नरेन्द्रकुमार झाले कार्यक्रममा बोल्ने क्रममा हालको सेवाको प्रभाव घटन नदिन आग्रह गरे । उनले चिकित्सक र स्वास्थ्यकर्मीहरुस्थानीय सरकारले पनि ध्यान दिन लोकतन्त्र प्रति चिकित्सकलाई भगवान र औषधीलाई जाधु ठान्ने प्रबृति बढेकोमा दुखेसो गरे । सडक दुर्घट्ना र प्रकोपमा परेका बिमारीमो परिवारबाट पहिलो सर्त ग्यारेन्टीको प्रश्न उठ्ने गरेको तितो पोखे । यसमा सरकारमा रहेका जिम्बेवार व्यक्तिहरु र नागरिक सवैले दाथित्व निर्वाह गर्ने कुरामा गम्भिर हुनुपर्ने आवश्यकता औल्याए ।

सिन्धुपाल्चोक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले भौतिक संरचनाले मात्र सवै कुराको निर्धारण नहुने भन्दै सेवा प्रवाहमा नागरिकको सन्तुष्टि कस्तो छ भन्ने कुराले महत्व राख्ने भएकोले सिष्टताकासाथ काम गर्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे ।

अस्पतालको भवन वि.सं २०७२ को भुकम्पले ध्वस्त भएपछि प्रि फाइभ अस्थाई भवनबाट सेवा दिदै आइरहेको थियो । सुरुमा १५ शैयाको चौतारा अस्पताल प्रादेशिक अस्पताल भएसंगै ५० शैयामा स्तरोन्नती भएको छ । २०८० पुस ३ गते बागमती प्रदेश सरकार मन्त्रिपरिषद तथा स्वास्थ्य मन्त्रालयको निर्णय अनुसार ५० बेडमा अस्पताललाई विस्तार गरिएको थियो । पहिले रेफर सेन्टरको रुपमा चिनिदै आएको अस्पताल अहिले अस्पताल राजधानीको अस्पतालको झल्को दिने खालको बनेको छ । विरामीले सबै सेवा एउटै भवनबाट लिन सकिने भएको छ ।

अस्पताल प्रवेश गर्ने वित्तिकै सवारी पार्किङ सुविधा, क्षयरोगको औषधी वितरण स्थल, खोप लगाउने क्लिनिक, इमर्जेन्सी सेवा, फार्मेसी, सामाजिक सेवा ईकाई, स्वास्थ्य विमा सेवा लिने ठाउँहरु देख्न सकिन्छ । साथै विरामीले पालो कुर्ने ठाउँ पनि ब्यवस्था रहेको छ ।

अस्पतालले नियमित सेवाहरु जनरल ओपीडी, हाडजोर्नी, दन्तसेवा, सर्ने तथा नसर्ने रोग लगायतका सेवाहरु दिइरहेको चौतारा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रुद्रमणि भण्डारीले बताए । भण्डारीका अनुसार अस्पतालबाट सेवा लिनेहरुमा महिला तथा प्रसुती सेवामा बढी सन्तुष्ठ रहेको छ । दुई वटा विशेषज्ञ सेवा पनि छ । पहिलाको तुलनामा सेवा लिनेहरु वृद्धि भएको र तथ्यांक हेर्दा महिनामा तीन हजार भन्दा बढीले ओपीडी सेवा लिएका छन् । अस्पताल ब्यवस्थित भवनमा सारे संगै गुणस्तरीय सेवा दिन काम भइरहेको डाक्टर भण्डारीले बताए ।

उनका ५० बेडको अस्पताल भएपनि ६२ बेडको सुबिधा प्रदान गरिदै आएको छ । अनुसार विशेषज्ञ डाक्टर सहित ६३ जनाको दरबन्दी रहेको छ । अहिले कार्यरत डाक्टरहरु १६ जना छन् । दरबन्दी पूर्ति भएमा अस्पतालबाट दिने सेवामा थप सुधार हुने विश्वास डाक्टर भण्डारीले ब्यक्त गरे । हाललाई थाइ दरबन्दी अन्तरगत करारमा परिपुर्ती गरिदै आएको भण्डारीले बताए । जनताको विश्वास र जनभावनालाई ध्यानमा राखि अस्पतालबाट प्रवाह भइरहेको सेवालाई अझ चुस्तदुरुस्त रुपमा लैजाने बताउदै यसमा सवैलाई सहयोग गर्न पनि आग्रह गरे ।

अस्पतालले नयाँ भवनबाट सेवा दिन थालेसंगै स्वास्थ्य उपचार सेवा पनि पहिला भन्दा सुधार हुने नागरिकले आशा गरेका छन् । स्थानियले स्वास्थ्य उपचारका लागि जटिल भन्दा जटिल बाहेक राजधानी धाउनुपर्ने बाध्यता कम हुदै गएको देखिन्छ । पछिल्लो समय दैनिक ३० जना भन्दा बढीले फिजियोथेरापी सेवा पनि लिने गरेको अस्पतालले जनाएको छ ।

अस्पलात सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष केशवराज गिरीले अथक प्रयासपछि डायलसिस सेवाको लागि चौतारा अस्पतालालाई सुचिकृत गर्न सफ भएको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका अध्यक्ष धु्रब दंगालले बिगतको अस्पताल र हालको अस्पतालमा आकाश पातलकै फरक भएको बताए । अध्यक्ष दंगालले सेवा सुबिधामा अझ गुणस्तर बृद्धि गरिबिश्वसनीय वातावरण बनाउन अस्पताल व्यवस्थापन समिति र स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे ।

स्मरण रहोस् गत बर्ष पनि चौतारा अस्पतालले ९२ अंक पाएर पदेश भरकै उत्कृष्ठ अस्पतालको रुपमा दर्ज भएको थियो ।