
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा माओबादी दृढ छ – नेत्री भुषाल

निर्मल बस्नेत
२७ पौष, सिन्धुपाल्चोक । नेकपा (माओबादी केन्द्र) का केन्द्रिय उपाध्यक्ष एवं पूर्व मन्त्री पम्फा भुषालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा माओबादी दृढ रहेको बताइन् । नेकपा (माओबादी केन्द्र) चौतारा साँगाचोकगढी नगरापलिका समितिको तेस्रो नगर सम्मेलन तथा खवरदारी सभालाई सम्बोधन गदै नेतृ भुषालले उक्त कुरा बताएकी हुन् । उनले वर्तमान सरकार संबिधान संसोधनको नाटक मच्चन गरेर भ्रष्टचारीहरुलाई बचाउ गर्न गठन भएको आरोप लगाएकी छिन् ।
पूर्व मन्त्री भुषालले आगामी २०८४ सालमा ७ सय ५३ वटै स्थानीय तहहरुमा माओबादी पार्टी समाजबादी शासन व्यवस्थाको चित्र सहित प्रस्तुत हुने बताइन् । पछिल्लो समय एमाले काङ्ग्रेस गठबन्धन सरकारले शुशासनबिरोधी काम गर्दैै अलोकप्रीय बन्दै गएको आरोप लगाइन् ।
पार्टी केन्द्रिय सदस्य एवं चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले माओबादीले १० बर्ष संघर्ष गरेर ल्याएको परिवर्तनलाई कसैले उल्ट्याउन खोजे मुर्खता बाहेक अरु केहि नहुने बताए ।
अहिले संबिधानमै उल्लेख भएको जनयुद्ध र त्यसका उपलत्तधी बारे गलत अफवा फैलाएकोले त्यसतर्फ नलाग्न सवैलाई आग्रह गरे । उनले माओबादीको एजेण्डबाट देश अघि बढीरहेकोले प्रतिक्रियाबादीहरुलाई सही नसक्नुभएको तर्क गरे । परिवारवाटै जनयुद्धमा बलिदान व्यहोरेका नेता सापकोटाले बलिदानलाई अवमूल्यन नगर्न चेतावनी दिए ।
माओबादीका केन्द्रिय सदस्य एवं प्रभावशाली नेता माधव सापकोटा (सुबोध) ले चौतारा साँगाचोकगढी नगरपालिकाबाट १० बर्षिय जनयुद्धको क्रममा ८४ जना शहीद र २ जना बेपत्ता भएको बताए । उनले त्यतिमात्र होईन कयौले जेलनेत, यातना भोगेको र कतिपयले अंगभंग भएर संघर्षमय जीवनमा व्यत्तित गरिरहेको बताए ।
जनयुद्धमा सिन्धुपाल्चोकबाट भूमिगत हुनेहरुले १३ वटा जिल्लाको नेतृत्व सम्हालेको स्मरण गर्दै रौतहटमा कुबिण्डेको कुस्माखर शर्माले जिल्ला सेक्रेटरी चलायदै गर्दा शहादत प्राप्त गरेको क्षण सम्झीए ।
सापकोटाले जनयुद्धको उद्गम स्थल चौतारा साँगाचोकगढी र त्यो भित्रको कुविण्डेको योगदानको चर्चा गरे । जनयुद्ध सुरुदेखी अन्त्यसम्म चौताराको भूमिकालाई कम आक्न नहुने तर्क गरे ।
नेता सुबोधले त्याग तपस्या, आँसु रगत र पसिनाको त्रिबेणीबाट आएको पार्टीलाई कमजोर नठान्न अन्य पार्टीलाई चेतावनी दिए ।
बिरता इतिहाँसको जगमा उभिएको माओबादीलाई आम जनता र सचेत बर्गले सदैव साथ र समर्थन गरिरहने बिस्वास व्यक्त गरे ।
त्यस्तै पार्टी केन्द्रिय सदस्य एवं पूर्व मन्त्री सालिन युवा नेता युवराज दुलाल शरदले सिन्धुपाल्चोकका आम जनताले माओबादीप्रति आसा, भरोसा र बिस्वास गरेका बताए । चौतारामा भएको खवरदारी सभाबाट उनले अहिलेको सरकार भ्रष्टचारले चुर्लुम्म डुबेको आरोप लगाए । उनले माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा भएको सरकारले शुशासनको पक्षमा कदम चलाएपछि भ्रष्टचारीहरुको रातारातको गठजोड भएर वर्तमान सरकार गठन भएको बताए ।
यता चौताराको जस्तो सुव्यवस्थित कार्य अरुले गर्न नसकेको भन्दै बिकास कसरी गर्नुपर्छ चौतारा र माओबादीका जनप्रतिनीधिहरुबाट सिकेर स्वस्थ रुपमा बिकास बाटै प्रतिस्पर्धा गर्न अरुलाई चुनौति दिए ।
पार्टी बागमती प्रदेश सदस्य एवं प्रदेश सांसद सरल सहयात्री पौडेलले राज्य एकीकरणमा २ व्यक्तिको भुमिकाको चर्चा गरे । प्रखर बक्ताको रुपमा कहलिएका युवा नेता पौडेलले भौगोलिक एकीकरण पृथ्बीनारायण शाह र सम्पूर्ण जाती, क्षेत्र, लिङ्ग, भाषा, धर्म र संस्कतिको एकीकरण पुष्पकमल दाहाल प्रचण्डले गरेको भन्दै संबिधानले व्यवस्था गरेको हक र अधिकारको बारेमा गहिरिएर अध्ययन गर्न सवैलाई आग्रह गरे ।
पौडेलले हिजो कस्तो अवस्था गुज्रिएका थियाँै र आज कुन अवस्थामा रहेका छौँ भन्ने बिषयमा फरक छुट्याउन समेत आग्रह गरे । यो अवस्थाको सिर्जना गर्न देशमा माओबादीको भूमिका उच्च रहेको भन्दै सच्चा देशभक्त र राष्ट्रप्रति माया हुनेहरु एक ठाउँमा उभिनु वर्तमान आवश्यकता भएको औल्याए ।
त्यसैगरि पार्टीका जिल्ला संयोजक गोबिन्द पराजुली (अभिनाश)ले देशलाई समृद्ध बनाउने पसना माओबादीमा मात्र भएको बताए ।
शुशासन र समृद्धीको पक्षमा भ्रष्टचार र बेथितीको बिरुद्ध खवरदारी गर्न यो खाले कार्यक्रम जिल्लाव्यापी रुपमा सञ्चालन भइरहेको जानकारी गराए । उनले पार्टीले अर्कोखाले महाअभियानको सुरुवात गरेको समेत बताए ।
सभाकै बिच एमाले, काङ्ग्रेस र अन्य पार्टी परित्याग गरि दुई दर्जन व्यक्तिहरु माओबादी केन्द्रमा प्रबेश गरेका थिए । नवप्रबेशीहरुलाई माओबादीका नेताहरुले अबिर र खादा लगाएर स्वागत गरेका थिए ।
सभामा माओबादीका केन्द्र, प्रदेश र जिल्ला स्तरका नेता, कार्यकर्ता र चौतारा नगरभरका सम्मेलन प्रतिनीधिहरु र सर्वसाधरणहरु गरि झण्डै २ हजार हाराहारीको सहभागिता थियो । साथमा बनदेबी माध्यमिक बिद्यालय र सिद्धिगणेश माध्यमिक बिद्याललयको कलाकारहरुको राष्ट्रभक्ति गाीतमा बेजोड नृत्य सहित भव्यताकासाथ कार्यक्रम सम्पन्न भएको थियो ।
पार्टी नगरसमितिका सचिव रोशनराज गिरीको सञ्चालन र अध्यक्ष श्यामकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी नगर इन्चार्ज उजार सिं तामाङले सवैलाई शव्दबाट स्वागत गरेका थिए ।