चौतारा अस्पताल व्यवस्थापन समिति अध्यक्षमा गिरी

निर्मल बस्नेत
१८ पौष, चौतारा । चौतारा अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष मा केशवराज गिरी नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष गिरीले बिहिवार एक कार्यक्रमका बिच पदभार ग्रहण गरे । उनी प्रदेश अस्पताल सञ्चालन कार्यबिधि अनुसार अध्यक्षमा नियुक्त भएका हुन् ।

पदभार सम्हाल्दै अध्यक्ष गिरीले अस्पतालको उन्नति र प्रगतिको लागि सदैव लाग्ने प्रतिबद्धता जनाए । उनले अझ कसरी प्रभावकारी बनाउन सकिन्छ त्यसतर्फ आफू अग्रसर रहने उद्घोष गरे । वागमती प्रदेश सरकार मातहत प्रादेशिक अस्पताल चौतारामा यसभन्दा अघि समाजसेवी टंकबहादुर कार्की अध्यक्षको रुपमा रहेका थिए । कार्की कै पालामा १५ सैयाको अस्पताललाई ५० सैयामा पु¥याएको हो ।

आफ्नो जिम्मेवारीबाट बाहिरिदै गर्दा ३ बर्षे कार्यकालमा सहयोग गर्ने समिति सदस्य र अस्पताका कर्मचारीहरुलाई निवर्तमान अध्यक्ष कार्कीले धन्यवाद व्यक्त गरे । कार्यक्रममा निवर्तमान अध्यक्ष कार्कीलाई अस्पतालले कार्यकालको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

अस्पताल सञ्चालन समितिका सदस्य एवं चौतारा साँगाचोकगढी नगरपालिका सामाजिक बिकास समिति संयोजक रामप्रसाद गौतमले नगरपालिकाबाट आवश्यक सहयोग गर्ने बचनबद्धता जनाए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष ध्रुव दंगालले समिति र कर्मचारीहरुको पारस्परिक सम्वन्धको आधारमा समस्या उत्पन्न नहुने गरि सेवा प्रवाहमा जोड दिन आग्रह गरे ।
अस्पतालको हालको अवस्थाको बारेमा मेडिकल सुपरिटेन्डेन डाक्टर रुद्रमणी भण्डारीले जानकारी गराएका थिए । उनले समग्र अवस्थाको बारेमा तयार पारिएको बिवरण नवनिर्वाचित अध्यक्ष समक्ष पेश गरे ।

अस्पतालका मेडिकल अधिकृत डाक्टर अमरदिपकुमार शाहको उदघोषणममा सम्पन्न कार्यक्रममा सञ्चालक समिति सदस्य , अस्पतालका कर्मचारीहरु र समाजसेवीहरुको सहभागीता रहेको थियो ।