
नगरप्रमुखद्वारा याेजनाकाे अनुगमन, कामकाे गुणस्तरमा जाेड दिन आग्रह

निर्मल बस्नेत
७ पाैष, चाैतारा । चाैतारा साँगाचाेकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकाेटाले विभिन्न याेजनाकाे अनुगमन गरेका छन् ।
नगरपालिकाकाे आन्तरिक स्राेत पूर्वाधार तर्फबाट चालू आर्थिक बर्षमा बिनियाेजित १ करोड रमकमबाट स्तरउन्नति हुँदै आहालडाँडा भिरकुना डाँडापारी वान वे सडक अनुगमन गरिएकाे हाे । निर्माण कार्यको गुसणस्तरमा बिषेश जोड दिन सिन्धु जुगल कन्स्ट्रक्सनका निर्माण व्यवसायीलाई नगरप्रमुख सापकोटाले आग्रह गरे ।
चाैताराकाे बैकल्पिक सडककाे रुपमा रहेकाे साे सडकमा माटाे कटिङ, साेलिङ, नाला र ग्याबिनकाे कार्य भईरहेकाे छ। उक्त निर्माण कार्यकाे ठेक्का पाएकाे व्यवसायीलाई गुणस्तर सहितको काम समयमा नै सकाउन नगरप्रमुखले निर्देशन दिए ।
याे संगै नगरपालिकाकाेकाे वडा नम्बर ७ मेलचाैरमा बन्ने सहिद स्मृति पार्क निर्माण स्थलकाे समेत अवलोकन गरिएकाे छ ।
अनुगमनमा नगरप्रमुख सापकोटा संगै वडा नम्बर ५ का वडाध्यक्ष, वडा सदस्य काेमल बहादुर श्रेष्ठ , ७ का वडा अध्यक्ष डम्बरबहादुर तामाङ , प्रबिधिक र सराेकारवालहरुकाे सहभागीता रहेकाे थियाे ।