रामदेबीको नवर्निमित भवन नगरप्रमुख र सहयोगदाताद्धारा उद्घाटन


निर्मल बस्नेत
१४ कार्तिक, चौतारा । चौतारा साागाचोकगढी नगरपालिका वडा नम्बर १० हर्रे स्थित नवर्निमित ६ कोठे भवनको उद्घाटन गरिएको छ । नगरप्रमुख कृष्णप्रसाद सापकोटा र भवन निर्माण सहयोगी अष्टियन नागरिक थियो फिश्चेद्धारा संयुक्त रुपमा उद्घाटन गरिएको हो ।

सो भवन अष्टियन नागरिक थियो फिश्चेको ८० लाख सहयोगमा निर्माण गरिएको हो । उनि पर्वतारोही समेत रहेका छन् । उनले कैयन पर्वतहरुको आरोहण गरिसेको सुनाएका थिए ।
भवन उद्घाटनको औपचारिक समारोहका प्रमुख अतिथी नगरप्रमुख सापकोटाले भवन र्निर्माणार्थ आवश्यक पहलकदमी गर्ने चौतारा साँगाचोकगढी नगरपालिका १२ निवासी नविन पराजुली र डाक्टर सबिना पराजुलीको भूमिकाको पंशंसा गरेका थिए । उनले बुवा पदम पराजुली र आमा खिकादेबी नेपालको शिक्षित परिवारमा हुर्किएर शिक्षा क्षेत्रको बिकासमा लागि परेकोमा खुसी व्यक्त गर्दै अझै उनिहरुलाई समाजसेवाप्रतिको भावना जागृत होस् भन्ने कामना गरेका थिए ।

त्यस्तै नगरउपप्रमुख सीता थापाले आफुसंगैको सहपाठी पराजुलीले जिल्ला र गाउँघरप्रतिको मायामोह बढाएकोमा धन्यबाद व्यक्त गरिन् । थापाले आफ्नै गाउँमा सुबिधायुक्त भवन निर्माण भएको भनि हर्सित भएकी थिइन् ।
सोही वडाका अध्यक्ष निल बहादुर तामाङले वडामा शिक्षाको गतिबिधिहरुलाई थप व्यवस्थित बनाउन गृहकार्य गरिरहेको सुनाउदै बौधिक र शिक्षित व्यक्तीहरुको सहयोगको आवश्यकता परेको बताए । बिद्यालयका प्रधानाध्यापक केशवलाल श्रेष्ठले भवन निर्माण कार्यको प्रगती र सहयोगदाहरुको भुमिकाको चर्चा गर्दै सवैलाई धन्यबाद व्यक्त गरेका थिए ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयमा शिक्षक – शिक्षिका र बिद्यार्थीहरुले हर्षउल्लासकासाथ नेपालीहरुको महान चाड तिहारको द्यौषी भैलो कार्यक्रम गरि रमाइलो गरेका थिए । कार्यक्रमको बिचमा प्रस्तुत तामाङ संस्कृतिको झाँकी र बिद्यार्थीहरुको आकर्षक नृत्यले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो ।
बिद्यालय भवन निर्माणमा सहयोग पुर्याउने अष्टियन नागरिक थियो फिश्चे र उक्त कार्यमा समन्वय गर्ने नविन पराजुली र सबिनापराजुली लगायतलाई सम्मान गरिएको थियो भने कार्यक्रममा उपस्थित अतिथीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

बिद्यालयको शिक्षक श्याम तामाङको सुधोध उद्घोषणमा आकर्षक रुपमा भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।