सिन्धुपाल्चोकमा मनाईयो प्रहरी दिवस, विभिन्न व्यक्तिहरुलाई सम्मान

विदुर आचार्य
असोज ३०, चौतारा । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले प्रहरी दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । ६९ औ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले आज जिप्रका परिसरमा अमर प्रहरीका परिवार लगाएत विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरेर उक्त दिवस मनाएको हो । ‘अपराध रोक्ने संङ्कल्प, प्रमाणमूखी अनुसन्धान, स्वच्छ समाज निर्माण, नेपाल प्रहरीको अनुष्ठान’ भन्ने मूल नाराका साथ आज देशभर प्रहरी दिवस मनाइरहँदा जिप्रका सिन्धुपाल्चोकmे समेत विभिन्न खेलकुद प्रतियोगिता समेत गरेर मनाईएको जिप्रका सिन्धुपाल्चोकले जनाएको छ । सोही कार्यक्रमको अवसरमा अपराध नियन्त्रण, विपदमा अग्रणी भूमिका र नागरिकसँगको सहकार्यमा जिल्ला प्रहरीको भूमिका महत्वपूर्ण रहेको कार्यक्रमका सहभागीहरुले औँल्याएका थिए ।

प्रहरी दिवसको अवसरमा अमर प्रहरीप्रति श्रद्धाञ्जली, अमर प्रहरी परिवार सम्मान तथा विभिन्न प्रतियोगीताका उत्कृष्ट प्रतियोगीहरुलाई पुरस्कार वितरण गरिएको थियो । अमर प्रहरी परिवारका सावित्री तिमल्सिना र गंगामाया तामाङलाई सम्मान गरिएको थियो ।
दिवसकै अवसरमा आयोजित दौड प्रतियोगिताको चूडामणी न्यौपाने, विवेक कुँवरलाई पूरस्कार वितरण गरिएको हो । त्यस्तै पाँच र आठ किलोमिटर दौडमा प्रथम, द्धितिय र तृतिय त्रमश राजेश केसी, मोहन विक, गोविन्द लामिछाने पुरस्कृत भएका छन् । टेवलटेनिस प्रतियोगीताका प्रथम दिनेश स्याङ्तान, सागर नेपाली, द्धितिय नारायण पाठक, विवेक कुँवर, तृतिय हरी कार्की र महिला दौड प्रतियोगीतामा जीनामाया वाईवा, सुनिता लिम्बु, कविता ढकाल क्रमश ः प्रथम द्वितीय र तृतीय भएका छन् ।

प्रहरी दिवसकै अवसरमा आयोजित ‘साईवर सुरक्षा आजको अवश्यकता’ विषयक जिल्ला स्तरीय निवन्ध प्रतियोगीतामा मेलम्ची कम्युनिटी माध्यमिक विद्यालयकी डेनिसा श्रेष्ठ, चौताराकी सोफिया कार्की र मेलम्ची–१० की अञ्जना तिवारी क्रमशः प्रथम, द्वितीय र तृतीय भई पुरस्कृत भएका छन् ।

त्यस्तै विभिन्न सहयोगको लागि भूपेन्द्र थापा, भूवन थापा, भोटेकोशी, पाँचपोखरी गाउँपालिका, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामकृष्ण दंगाल, चौतारा साँगाचोकगढी नगरपालिका वडा नंम्वर ५ का अध्यक्ष शिव श्रेष्ठ र जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोर्लाइ प्रमाणपत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठले सिन्धुपाल्चोक प्रहरीको कार्यसम्पादनको प्रशंसा गरे । जिल्ला प्रहरी प्रमुख सन्तोष खड्काले धन्यावाद ज्ञाापन गरेका थिए । प्रहरी निरीक्षक विरेन्द्र यादवले संचालन गरेको कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुख कृष्ण प्रसाद सापकोटा, उपप्रमुख सीता थापा, प्रमुख जिल्ला अधिकारी किरण थापा, नेपाल पत्रकार महासंघका अध्यक्ष जीवन श्रेष्ठ, नेपाल वार, नागरिक समाज, महिला संञ्जाल लगायतको उपस्थिति रहेको थियो ।