
जेष्ठ नागरिकको सम्मान गर्न पूर्वमन्त्री दुलालको आग्रह

निर्मल बस्नेत
१५ असोज, चौतारा । बृद्धाश्रम सेवा समिति चौताराले जेष्ठ नागरिक दिवश कार्यक्रम सम्पन्न गरेको छ । उक्त दिवश कार्यक्रममा बागमती प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार बिकास मन्त्री युवराज दुलालले ज्येष्ठ नागरिक राज्यको अमूल्य सम्पती भएको बताउदै उनले सवैलाई सम्मान गर्न आग्रह गरे ।
आजभोली असभ्य जीवनशैली मौलाउदै गएकोमा चिन्ता व्यक्त गर्दै उनले सभ्य र नैतिकवान वन्न कसैलेपनि भुल्न नहुने तर्क गरे । सभ्य समाजलेमात्र ज्येष्ठ नागरिकलाई सम्मान र हेरचाह गर्ने बताए ।
३४ औ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा आयोजित बृद्धाश्रमको १६ औँ वार्षिक साधारणसभा तथा ज्येष्ठ नागरिक सम्मान दुलालको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा दुलालले ज्येष्ठ नागरिकको सम्मानमा राज्यले सामाजिक सुरक्षाको व्यवस्था गरेको भनि टिप्पणी गरे ।
समुदायदेखी विश्वविद्यालयसम्म ज्येष्ठ नागरिकबारे शिक्षा हुनुपने तर्क गर्दै पहिला सम्मान र हेरचाह परिवारबाट हुनुपर्नेमा जोड दिए । पारिवारीक हेरचाहबाट टाढा रहेका बृद्ध बा आमालाई १६ वर्षदेखि सम्मान र स्याहार गरेको चौतारा वृद्धाश्रम सेवा समितिलाई मन्त्री दुलालले धन्यवाद दिए ।” उनले सामाजिक उत्तरदायित्व बहनको एउटा इटा थप्ने संकल्प गरि सो बृद्धाश्रमको आजिवन सदस्य बन्ने घोषणा गरे ।
जिल्ला समन्वय उपप्रमुख पदम नाथ नेपालले सम्मान र हेरचाहको पहिलो दायित्व परिवारको रहेको बताउदै ज्येष्ठ नागरिको आदर सदैव गर्नुपर्ने तर्क गरे । त्यस्तै प्रमुख जिल्ला अधिकारी किरण थापाले आमाबुबा नै पहिलो स्रोत भएको भन्दै राम्रो काम गर्दा पहिला आमबुबालाई नै सम्झने गरेको सुनाए । र, कुनै मोडमा खराव आचरणको संगतमा परियोे भनि आमा बुबाकै इज्जत र प्रतिष्ठा सम्झीएर सहि मार्गमा लाग्न प्रेरित हुनेगरेको प्रशस्त उदाहरण भएको बताए ।
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका अध्यक्ष जीवन श्रेष्ठले ज्येष्ठ नागरिकले सहज रुपमा सामाजिक सुरक्षा भत्ता पाउने वातावरण बनाउन स्थानीय सरकारले उचित व्यवस्था गर्नुपर्ने धारणा राखेका थिए ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ५ का अध्यक्ष शिव श्रेष्ठले बृद्धाश्रममा रहेकाहरुलाई मासिक रुपमो स्वास्थ्य परीक्षण गरिने व्यवस्था मिलाइएको बताए । उनले परिचवबिहिन नागरिकहरुको सवालमा पनि राज्य जिम्मेवार रहनुपर्ने कुरा औल्याए । चौतारा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रुद्र भण्डारीले अरु उमेर र अवस्थाका मानिषहरुभन्दा वृद्धावस्थामा बढी नै हेरचाह र स्वास्थ्योपचारको खाँचो रहने धारणा राखे ।
चौतारा वृद्धाश्रम सेवा समितिको १६ ओ वार्षिक साधारणसभाको सन्दर्भ पारेर ज्येष्ठ नागरिक अम्बरबहादुर घलेलाई सम्मान गरिएको थियो । त्यसैगरी वृद्धाश्रम सेवा समितिलाई साथ दिइरहेका व्यक्तित्वलाई सम्मानपत्र प्रदान गरिएको थियो । ज्येष्ठ नागरिक समाजका अध्यक्ष माधव कर्माचार्यले बृद्ध अबस्थामा पनि सामाजिक काममा नै मन बचन र कर्मले लागिपरेको बताए ।
एक बर्षसम्मको आयव्याय समेटेर बृद्धाश्रमकी कोषाध्यक्ष रीना श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । आश्रमका बृद्धबृद्धाहरुको समुखमा भएको कार्यक्रममा सिन्धुपाल्चोक प्रहरी नायव उपरिक्षक सन्तोष खड्का , पूर्वसांसद कृष्णराज श्रेष्ठ , पूर्वमेयर अमानसिं तामाङ, रेडक्रस सिन्धुपाल्चोकका मन्त्री कमल चरण कक्षपति, गोरखापत्र संस्थानका पूर्वबोर्ड सदस्य सुरेशराम कसजु लगायतको सहभागिता रहेको थियो ।
वृद्धवृद्धालाई नगर महिला सञ्जाल चौताराले भोजनकोे व्यवस्था मिलाएको थियो । कार्यक्रम वृद्धाश्रम सेवा समितिकी सचिव होमकुमारी पुरीको सञ्चालन र अध्यक्ष मायादेवी पौडेल (माया निराशी) को अध्यक्षतामा सम्पन्न भएको थियो ।