जुगलकाे तेगामा रहेका ७ जना सम्पर्कबिहिन, हेलिमार्फत खोजी गरिने

निर्मल बस्नेत
सिन्धुपाल्चोकको बिकट गाउँपालिका जुगल गाउँपालिका वडा नम्बर ३ को तेगा भन्ने गाउँमा रहेको ७ जना मानिषहरु सम्पर्क बिहिन भएका छन् ।

११ गते तेम्बाथाङबाट गाउँजान भनि वडा सदस्य मिङमार शेर्पासंग कुराकानी गरि छुटेका भनि आईतबार दिउँसो वडाध्यक्षलाई जानकारी गराएको भनि वडाध्यक्ष लक्ष्मण लामा दोङले सिन्धुज्वालालाई बताए ।

उनिहरु ३ दिनको निरन्तर बर्षाको कारण सञ्चारमाध्यममा अवरोध आई सम्पर्क बिहिन बनेका हुन् । स्थानीयहरुले हेर्दा तेम्बाथाङ अगाढी पनि पहिरो र तेगा नजिक पनि पहिरो गएको देखिएको छ भन्नेसम्मको खबर प्राप्त छ । उनिहरु के कस्तो अवस्थामा रहेका छन् भन्ने बारे कुनै जानकारी प्राप्त हुन सकिरहेको छैन ।

जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बो र उपाध्यक्ष हिमाल कुमार श्रेष्ठले प्रहरी प्रशासनलाई उक्त कुराको जानकारी गराएका थिए । सो जानकारी पाउनसाथ प्रमुख जिल्ला अधिकारीले उक्त अवस्थाको बारे चासो बढाएका थिए ।

प्रजिअ किरण थापाले भोली सेनाको हेलिकप्टेर लिएर उक्त स्थानमा जाने तयारी भईरहेको जानकारी दिएका छन् ।