भोटेकोशी–१ जलविद्युत आयोजनाद्वारा निःशुल्क प्राथमिक उपचार तालिम सम्पन्न
असोज ४, हिन्दी । सिन्धुपाल्चोकमा निर्माधिन भोटेकोशी–१ जलविद्युत आयोजनाले निःशुल्क प्राथमिक उपचार तालिम सम्पन्न गरेको छ ।
स्थानीय समुदायको स्वास्थ्य र आपत्कालिन अवस्थामा सजगता बढाउने उद्देश्यले इलेक्ट्रो पावर कम्पनी लिमिटेडद्वारा प्रवद्वित्त भोटेकोशी–१ जलविद्युत आयोजनाले शुक्रबार भव्यताका साथ एक दिने निःशुल्क प्राथमिक उपचार तालिम सम्पन्न गरेको आयोजनाले जनाएको छ ।
आयोजनाको अनुसार उक्त तालिम योगदान राष्ट्रको लागि अभियानको सहकार्य र भोटेकोशी गाउँपालिकाको समन्वयमा सम्पन्न भएको हो ।
कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधिहरु, विभिन्न शैक्षिक संस्था, स्थानीय संघ–संस्था र भोटेकोशी–१ जलविद्युत आयोजनाका उच्च व्यवस्थापनका कर्मचारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । तालिममा गाउँपालिकाका थुप्रै स्थानीयवासी, स्कूलका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरु र जलविद्युत आयोजनाका कामदारहरु समेत सहभागी थिए ।
तालिमको भोटेकोशी–१ जलविद्युत आयोजनाका प्रमुख उमेश पराजुलीले गरेका थिए । तालिमको उदघाटन गर्दै आयोजना प्रमुख पराजुलीले समुदायमा प्राथमिक उपचारको महत्व झल्काउँदै हरेक घरबाट प्रतिनिधित्व अनिवार्य हुनुपर्ने आवश्यकता औँल्याए । उनले स्थानीय जनताले यस तालिममा सिकेका सीपहरु भविष्यमा कुनै आकस्मिक दुर्घटना वा विपत्तिको अवस्थामा अत्यन्त उपयोगी हुने र यहि सीपको कारण कसैको जीवन बचाउन सफल भइने कुरामा जोड दिए ।
मुख्य प्रशिक्षण ओम उप्रेतीद्वारा गरिएको उक्त तालिममा स्थानीय स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक÷शिक्षिका, विद्यालय नर्सहरुका साथै स्थानीय क्लबका प्रतिनिधिहरुको सक्रिय सहयोग र सहभागितामा रहेको थियो । अयोजनाका अनुसार प्रशिक्षण आपतकालिन परिस्थितिमा घाइते भएका व्यक्तिहरुलाई प्राथमिक उपचार गरी कसरी जीवन बचाउन सफल हुने भन्ने कुरामा केन्द्रित थियो । सहभागीहरुले प्राथमिक उपचारका विभिन्न विधि, चोटपटको हेरचाह र दुर्घटनामा परेका व्यक्तिहरुको जीवन कसरी बचाउने भन्ने महत्वपूर्ण ज्ञान हासिल गरेका छन ।
स्थानीय समुदायबाट तालिमको प्रशंसा गर्दै यस्तै क्रियाकलापले जलविद्युत आइजनाले समुदायमा मात्र नभई सम्पूर्ण जिल्ला र राष्ट्रमै सकारात्मक प्रभाव पार्न सक्ने विश्वास उनीहरुले व्यक्त गरेका छन् ।