केक काटेर जलवायु सम्मेलन, जिसस सिन्धुपाल्चोकले तीनबर्ष अघिदेखिको खर्च सार्वजनिक नगरेको आरोप

दिपक चालिसे
पुष १७, गुफाडाँडा (सिन्धुपाल्चोक) । भब्य र सब्य तरिकाले जलवायु सम्मेलन वर्षै साल हँुदा यसले गुफाडाडालाई चिनाएको थियो । यसपालि भने औपचारिकता मात्रै पुरा गरी जलवायु सम्मेलनको स्मरण केक काटिएर गरिएको छ । सामान्य तयारी अनुसार सम्पन्न भएको आयोजक जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले जनाएको छ ।
सम्मेलन पश्चातका दिनमा गुफाडाडामा घुम्न जाने , पिकनिङ जाने आन्तरीक पर्यटक बढेको स्थानिय सागर बोम्जनले जानकारी दिए । तर जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले तीन बर्ष अघिदेखिकै जलवायु सम्मेलनको नाममा भएको हिसाबकिताब भने सार्वजनिक नगरेको पाईएको छ ।

स्थानीयका अनुसार बिगत २०७५ सालदेखि गुफाडाडाँमा हुदै आएकोे जलवायु सम्मेलनको खर्च जिल्ला समन्वय समितिले अहिलेसम्म सार्बजनिक गर्न सकेको छैन । पहिलो जलवायु सम्मेलन २०७५ सालमा आयोजना गर्दा करोड मथि खर्च लाग्ने र सहयोग जुटिरहेको आयोजकले बताउदै आएको थियो । त्यस पश्चात कहाँ कति खर्च लाग्यो भनि अहिले सम्म सार्वजनिक भएको पाईएको छैन ।
वर्षै साल कार्यक्रम गर्ने तर हिसाबकिताब लुकाउदै जाने प्रवृद्धि देखिएको भन्दै नागरीकले गुनासो गरेका छन् । यो वर्षको सम्मेलन गर्न भन्दै समन्वय समितिबाट ८ लाख बजेट छुटाईएको थियो भने विभिन्न सस्था समेत जोडिएका थिए । तेस्रो पटक जलवायु सम्मेलन गर्दा यो वर्ष उक्त रकमबाट केक काटेर गुफाडाडाँमा सहभागिलाई खुवाउने र सामान्य औपचारीक कार्यक्रम गर्ने काम मात्र भएको हो ।
बिगतका वर्षै साल देखी कार्यक्रमलाई निरन्तरता दिएको तर जलवायु परीवर्तनका कारण जोखिममा रहेका समुदायका लागि वित्तीय सहयोग जस्ता कार्यक्रम अझै सपनामा सिमित बनीरहेको विज्ञहरुको भनाई छ । खासगरी नेपाललगायत ४७ कम विकसित र टापु मुलुकहरुले जलवायु परिवर्तनको मुख्य कारक मानिएको हरित गृह ग्यास उत्सर्जन कटौतीमा नयाँ वाचा गर्न विकसित मुलुकहरुलाई दबाब दिनुपर्ने देखिएको उनिहरुको भनाई छ ।
जलवायुजन्य जोखिम भोगिरहेका नेपालसहितका कम विकसित र टापु मुलुकहरुले दिनप्रतिदिन जलवायुले विपत्ति निम्त्याउने क्रम बढिरहेको भनी विकसित मुलुकहरुले लत्याएको आरोप विज्ञहरुले लगाएका छन् ।