शसक्तिकरणको लागि सप्रोसको ३ दिने तालिम सुरु

निर्मल बस्नेत
२ असोज, चौतारा । समाजमा पछि पारिएका अपाङ्गता बर्गको उत्थानको लागि सप्रोस नेपालले बिभिन्न तालिमहरु सञ्चालन गर्दै आएको छ । सोहि सिलसिलामा सिन्धुपाल्चोक जिल्लाका २२ जना व्यक्तिहरुको सहभागितामा ३ दिने तालिम क्षमता अभिबृद्धि तालिम सुरु गरेको छ ।
बुधबारबाट सुरु गरिएको तालिममा अपाङ्गता भएका व्यक्ति तथा अभिभावकहरुको सहभागिता रहेको छ । अष्ट्रेलियन एडको फ्रन्टमा सिबिएम ग्लोबलको सहयोगमा सप्रोस नेपालले अपाङ्गता भएका व्यक्तिहरुका लागि मर्यादित जिविकोपार्जन – सशक्तिकरण कार्यक्रम ( समानता)

परियोजाना अन्तरगत उक्त तालिम सञ्चालन गरिएको परियोजना व्यवस्थापक महेश्वर ढकालले जानकारी दिए । परियोजना सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका र बलेफी गाउँपालिकामा सञ्चालित भईरहेको उनले बताए ।

परियोजानाका एडभाइजर सुजन पराजुलीले अपाङ्गता भएको व्यक्तिहरुको हकहितमा निर्मीत कानुन र अधिकारको जगमा रहेर राज्य र दाताहरुले उपलव्ध गराउने सेवासुबिधा तथा कार्यक्रहरुको प्रभावकारीता बढाउन तालिमले टेवा पुर्याउने बताए । उनिहरुले सरकारसमक्ष आफ्नो मर्यादित जिवनयापन गर्नका लागि सहज वातावरणको सिर्जना गर्न बहस पैरबी गर्ने र समाजको सवै पक्षहरुमा हुने अवसरमा समान सहभागिता र उचित वातावरण सिर्जना गर्न केन्द्रित जस्ता धेरै बिषयबस्तुहरुमा ज्ञान आर्जन गर्न सकुन् भन्ने तालिमको धेय रहेको बताए ।

चौतारा स्थित अअरनिको रिसोर्टमा अपाङ्गता भएका महिलाहरुका लगि सञ्चालित तालिम ४ गतेसम्म हुने परियोजनाका प्रमुख ढकालले जानकारी दिए । उनले बताएअनुसार सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिकामा यसभन्दा अगावै परियोजना प्रभावकारी रुपमा सम्पन्न गरेको गरिएको छ ।