परोकार समाजद्वारा लगाईएको सप्ताहमा ३४ लाख चन्दा संकलन

भदौ ३१, भक्तपूर । सिपाडोल क्षेत्र परोपकार समाजद्वारा श्रीमद भागवत महापुराण (सप्ताह कार्यक्रममा ३४ लाख भन्दा भेटी चन्दा संकलन भएको छ ।

सूर्यविनायक नगरपालिका–८ मा रहेको सिपाडोल क्षेत्र परोपकार समाजले भदौ २५ गतेबाट श्रीमद भागवत महापुराण (सप्ताह) को शुभराम्भ गरेको थियो । सामाजिक र मानवीय कार्यमा समर्पित परोपकार समाजद्वारा सिपाडोलको खापीथलीमा आयोजित महापुराण भाद्र ३१ गते अर्थात सोमबार समापन भएको हो ।

समाजले एम्बुलेन्स किन्ने उद्देश्य सहित लगाईएको सप्ताहमा ३४ लाख ३६ हजार रकम संकलन भएको संस्थाका उपाध्यक्ष तोकबहादुर नेपाललले जानकारी दिए ।

उनका अनुसार सप्ताहको अवसरमा संस्थाको आजीवन सदस्य बन्ने, चन्दा दान तथा भेटी समेत गरेर उक्त रकम संकलन भएको हो । दानपेटीकामा संकलन भएको रकम भने गन्न बाँकी रहेको नेपालले बताए ।

पण्डित उज्जवल सिग्देल र केशव पराजुलीको मुखारबिन्दबाट बाचन गरिने महापुराणको समापन कार्यक्रमको प्रमुख अतिथि पूर्वमन्त्री तथा एमालेका केन्द्रीय सदस्य महेश बस्नेत सहभागी भएका थिए । प्रमुख अतिथि नेपालले परोपकार समाजले मानवीय भावानाले सुरु गरेको सप्ताह भक्तपुर जिल्लाकै नमुना कार्य भएको भन्दै प्रशंसा व्यक्त गरे । एम्बुलेन्स किन्ने संस्थाको अभिप्रायलाई आफूले पुरा गरिदिने समेत आश्वासन दिए ।

सप्ताह महापुराणको उदघाटन भने प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले गरेका थिए । सोही कार्यक्रममा नेकपा (माओवादी केन्द्र) समानुपातिक प्रदेश सांसद भुवनेश्वरी श्रेष्ठ (भावना) विशेष अतिथि रहेकी थिईन ।