भाेटेकाेशी नदिमा खसेर वेपत्ता दुई व्यक्तिकाे खाेजी कार्य जारी

भदाै २९ बाह्रबिसे । भाेटेकाेशी नदिमा खसेकाे बलेराे भेटिएपनि त्याहाँ सवार मान्छे भने अझै सम्म भेट्न सकिएकाे छैन ।

काेदारीबाट बाह्रबिसे तर्फ अाउँदै गरेकाे बा २० च २१८५ नम्बरकाे बलेराे बाह्रबिसे नगरपालिका-६ बाेडरल्याण्ड ढुङ्गा खानी स्थित भाेटेकाेशी नदिमा बलेराे खस्दा बलेराेमा सवारी चालक र एक महिला रहेकाे खुलेकाे छ । सवारी चालक भाेटेकाेशी गाउँपालिका-५ का अन्दाजी बर्ष ३८ का सानू शेर्पा र बाह्रबिसे नगरपालिका-९ कि ३५ बर्षीय सुन्ताेली तामाङ रहेकाे स्थानीय र वेपत्ता भएका व्यक्तिहरूकाे अाफन्तबाट बुझिएकाे ईलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरिक्षक निमेष पाण्डेले सिन्धुज्वालालाई जानकारी दिए ।

उनका अनुसार सशस्त्र प्रहरी टाेलीले भाेटेकाेशी नदिमा हराईरहेकाहरूकाे खाेजी कार्य अाज बिहानबाट सुरूवात गरेकाे छ ।

शुक्रबार स्थानीयले प्रहरीलाई बलेराे खसेकाे जानकारी विहान ११ बजे मात्र जानकारी गराएका थिए । त्यस लगत्तै स्थानीय, प्रहरी, शसस्त्र प्रहरी बल, सेना लगाएकाे उद्दार टाेली घटना स्थल पुगेकाे थियाे । स्थानी मध्यभाेटेकाेशी जलविद्युत अायाेजनाकाे सहयाेगमा क्रेनकाे सहयाेगमा बलेराे उतारिए पनि सवार कसैलाई भेटिएन ।