प्रविधिमैत्री बन्दै सामुदायिक विद्यालय

दिनेश दुलाल
भदौ ११, बिन्जेल । ग्रामिण भेगका सामुदायिक विद्यालयहरुको पढाईको गुणस्तर कमजोर भएको भनेर आलोचना गरिरहेको बेला सामुदायिक विद्यालयहरु समेत प्रविधिमैत्री बन्दै गईरहेका छन् ।

बालबालिकाहरुलाई पठनपाठन गराउन सहज बनाउने हिसाबले केही विद्यालयहरुले कक्षा कोठामा डिजिटल बोर्डको माध्यामबाट अध्यापन सुरु गरेका छन् । यसको सुरुवात बलेफी गाउँपालिका वडा नम्बर ४ बिन्जेलमा रहेको जालपादेवी माध्यामिक विद्यालयले डिजिटल बोर्ड मार्फत पढाई सुरु गरेको विद्यालयका प्रध्यानध्यापक कृष्णप्रसाद पराजुलीले बताए । यस प्रविधिले शिक्षकहरुलाई पढाउन सजिलो तथा बालबालिकाहरुलाई नयाँ उत्साह थपिएको प्रअ पराजुली बताउँछन् ।

गएको १२ काे परिक्षामा बलेफी गाउँपालिका भरिकै राम्रो नतिजा ल्याउने उक्त विद्यालयमा शिक्षक दरबन्दी भने निकै कम हुँदा आर्थिक व्ययभारले धान्न नसकेको प्रअ पराजुली बताउँछन् । उनका अनुसार तलब भत्ता बार्षिक निजीश्रोतका ५ जना शिक्षकलाई मात्रै १५ लाख खर्च गर्नुपर्छ । पालिकाले दिएको ५० प्रतिशत अनुदानमा अभिभावकबाट थप केही प्रतिशत उठाउनुपर्ने हुन्छ । अभिभावक सहयोग भनेर वार्षिक
अभिभावकबाट केही सहयाेग मागिएकाे छ । विद्यालय चल्न वार्षिक २० लाख चाहिनेमा गाडी सहित जोड्दा १३ लाख अभाव हुने उनले बताए । बस भारतीय राजदुताबासले यस आर्थिक वर्ष देखि दिएकोमा गाडीलाई खर्च, कर बीमा तलवभत्ता तथा मर्मत गरेर वार्षिक १० लाख खर्च हुने उनको भनाई छ । आन्तरिक श्रोत पहिला जग्गा कमाउन दिएकोमा १० वर्ष अगाडि बर्षको ८५ हजार भएकोमा हाल २५ हजार मात्रै आम्दानी भएको उनको भनाई छ । विद्यार्थी संख्या १० कक्षा सम्म १८० र ११÷१२ गरी ६० जना सम्म पुग्ने उक्त विद्यालयमा शिक्षक दरबन्दी उमावीमा २ अनुदान (संघ), मावि राहत ३, निमावी २ स्थायी, १ राहत र प्रावि ४ स्थायी रहेका छन् ।

स्मरण रहोस उक्त विद्यालयबाट २०७९ को एसईईमा १० जनाले दिएकोमा १० जनै पास भएका थिए भने २०८० मा १४ जनाले दिएकोमा ६ जना पास भएका थिए । २०७९ मा एसइइ परिक्षामा यस विद्यालयबाट २ जनाले ३.०५ ल्याएका थिए भने २०८० मा ३.३८ जिपिए एक जनाले ल्याएका छन । त्यस्तै १२ मा २०७९ मा ३.३१, ११ मा २०८० मा ३.२८ ल्याएका थिए भने १२ मा २०७९ मा १७ मा १० र २०८० मा २४ मा २२ जना पास भएका थिए । त्याहाँ व्यवस्थापन र शिक्षा संकायमा मात्रै पढाई हुने गरेको छ । विद्यालयको भौतिक पूर्वाधार भने राम्रो रहेको छ ।

सिप्रदीयन टाटा ट्रष्टबाट १२ कोठे भवन र युनिटको शौचालय बनेको छ भने ६ कोठे विद्यालयको आन्तरिक लगानी, स्वान (कधबल) संस्थाबाट ३ कोठा पुरै भवन र ६ कोठा भवनको परिस्करण गरेको हो । विद्यालयको स्वामित्व जम्मा ३६ रोपनी जग्गा छ ।
सो विद्यालयमा यस बर्ष देखि १ नर्स एक विद्यालय कार्यक्रम अन्र्तगत एकजना नर्सको दरबन्दी थपिएको विद्यालय प्रशासनले जनाएको छ । सो विद्यालयको विव्यस अध्यक्ष नारायण पराजुली रहेका छन् । सो विद्यालय २०३२ साल फागुन १२ गते स्थापना भएको थियो भने ११÷१२ को सुरुवात २०६७ सालबाट भएको हो ।