डिभिजन वनको बार्षिक समिक्षा र आगामी कार्यक्रमबारे जानकारी

निर्मल बस्नेत
१२ भाद्र, चौतरा । डिभिजन वन कार्यालय सिन्धुपाल्चोकले आर्थिक बर्ष ०८०÷०८१ मा सम्पन्न गरेको कार्यप्रगती चालु आ.व. ०८१÷०८२ को स्वीकृत कार्यक्रम सार्वजनिक गरेको छ ।
बुधबार जिल्ला वन क्षेत्र समन्वय समितिको बैठकमा समितिका पदाधिकारी तथा सरोकारवालाहरुसमक्ष उक्त कुराको बारेमा कार्यालयले जानकारी गराएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला वन क्षेत्र समन्वय समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठको अध्यक्षतामा उक्त बैठक सम्पन्न भएको हो । बैठकमा बोल्दै अध्यक्ष श्रेष्ठले कार्यक्रम निर्माण तथा कार्यान्वयन गर्दा आवश्यकता र औचित्यको आधारमा गर्नुपर्नेमा जोड दिएको थिए । उनले चालु बर्षको कार्यक्रमहरु कार्यन्वयनको सुरुवाती चरणमा नै सरोकारवालाहरुको उपस्थितिमा डिभिजन कार्यालयले जानकारी गराएकोमा धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका कार्यबहाक प्रमुख सीता थापाले नगरले ७५ लाख रुपैयाँ वन तथा वातावरणको क्षेत्रमा बिनियोजन गरेको भन्दै आगामी दिनमा डिभिजन वनसंग समन्वयत्मक रुपमा कार्यक्रम गर्ने बताएकी थिइन् ।
त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिकाका वडा नं. १३ का वडाध्यक्ष रामप्रसाद गौतमले वन तथा वातावरणको क्षेत्रमा काम गर्दा बिज्ञता र भुबनोटको आधारमा गरिनुपर्नेमा जोड दिएका थिए । उनले हाल वन क्षेत्रमा रहेको सल्लाको पुरानो रुखहरु कटान गरि बिक्रि बितरण गराई आयस्रोतमा बृद्धि गर्न आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवनप्रसाद श्रेष्ठले कार्यलयले गरेको कार्यक्रमले लोकतन्त्रलाई संस्थागत बिकास गर्न टेवा पुर्याएको र नागरिकहरुसमक्ष सरोकारवालाहरुमार्फत सुचना प्रवाह हुने बिस्वास लिएका थिए । उनले चौतारा बन्देउ सडकखण्डमा ६÷६ किलोमिटरमा उद्यनहरु निर्माण गरि यात्रुहरुलाई आराम गर्ने र मनोरञ्जन लिने वातावरण तथ गर्न कार्यालयलाई सुझाव दिएका थिए ।
कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघका प्रतिनिधी ऋषिराम नेपालले पुराना रुखहरु कटान गरि नयाँ बिरुवाहरु रोप्नुपर्ने , पानीका मूहानबाट खानेपानी तथा सिंचाई कुलो निर्माण गर्दा सवै अन्यत्र लैजादा जंगली जीव जनावर र पंक्षीहरु गाउँबस्तीमा आउने गरेकोले त्यसतर्फ चनाखो हुदै केहि पानी वनक्षेत्रमा नै छाड्नुपर्ने तर्क पेश गरेका थिए ।
जिल्लाको १२ वटा स्थानीय तहहरुमध्ये गौरीशंकर संरक्षण क्षेत्र भित्र पर्ने भोटेकोशी गाउँपालिका बाहेक ११ वटा पालिकामा आफ्नो कार्यक्षेत्र रहेको कार्यालयले जनाएको छ ।
कार्यालयले दिएको जानकारी अनुसार राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रम र जडिबुट्टी किाकस कार्यक्रममा बहुबर्षिय बिरुवा उत्पादन, दिगो वनव्यवस्थापनमार्फत काठ दाउरा उत्पादन, बन डडेलो व्यवस्थापन, मानव वन्वजन्तु द्धन्द्ध न्यूनिकरण, वनक्षेत्र अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन, पकेट क्षेत्रमा जडिबुट्टी बिस्तार, प्राकृष्ति रुपमा रहेको जडिबुछट्टी संरक्षण तथा व्यवस्थापन, फलफुलका विरुवा रोपन, वाल उद्यन निर्माण, दाते ओखर खेती प्रवर्दन, सामुदायिक वन गुरुयोजना पुनरावलोकन, कबुवियत वनको बिधान तथा कार्ययोजना पुनरावलोकन लगायतका कार्यक्रमहरु कार्यन्वयन हुने जानकारी गराएको छ । जसको लागि पूजीगत र चालु गरि १० करोड ११ लाख बराबरको रकम यस आर्थिक बर्षको लागि संघ र प्रदेशसरकारमार्फत बिनियोजन भएको कार्यालयले जनाएको छ । गत बर्ष कार्यालयले ७८ दशमलव ५ प्रतिशत े बर्षिक बितिय प्रगती हासिल गरेको समेत उल्लेख गरेको छ ।