
चौतारा बहुमुखी क्याम्पस २४ औँ बर्षमा, बिद्यार्थी घटेको प्रति सभामुखको ध्यानाकर्षण

निर्मल बस्नेत
८ भाद्र, चौतारा । सिन्धुपाल्चोक जिल्लाको पहिलो क्याम्पस चौतारा बहुमुखी क्याम्पसको २४ औं स्थापना दिवस भव्य रूपमा मनाएका छ ।
स्थपना दिवस प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेकाे प्रमुख आतिथ्यतामा शनिबार क्याम्पसले विविध कार्यक्रम गरि मनाएकाे हाे । दिवसकाे समुदघाटन पछिकाे मन्तव्यलाई सम्बाेधन गर्दै सभामुख घिमिरेले क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरूकाे संख्या घटेकाे प्रति भने चिन्ता व्यक्त गरे । क्याम्पसमा विद्यार्थी अभावले समस्या बढ्दै गएको भन्दै वक्ताहरूले सभामुख घिमिरको ध्यानाकर्षण गराएका थिए । उनीहरुले संघीय संसदका सभामुख देवराज घिमिरेलाई देशभित्र रहेका युवालाई नेपालमै रोक्नसक्ने गरी सम्भावनाको खोजी गरेर समृद्ध र सभ्य समाज निर्माणमा सहयोग पुग्ने नीति बनाउन अनुरोध गरेका थिए ।
बार्षिकोत्सव समारोहमा क्याम्पसको बिकासमा योगदान गर्नेहरुलाई सम्मान गरेको थियो । यसरी सम्मानित हुनेहरुमा क्याम्पस संचालक समितिका संस्थापक अध्यक्ष कृष्णराज श्रेष्ठ, बागमती प्रदेश सांसद तथा पुर्व मन्त्री युवराज दुलाल, क्याम्पसका सल्लाहकार रामचन्द्र श्रेष्ठ , चौतारा साँगाचोकगढी नगरपालिकाको कार्यबहाक प्रमुख सीता थापा, संचालक समिति सदस्य रामकृष्ण दंगाल लगायत जग्गा दाता र शैक्षिक अभियान्ताहरुलाई सम्मान गरिएको हो ।
२०५८ सालमा स्थापित क्याम्पसले १९ वटा व्याजका बिद्यार्थीहरुलाई स्नातक र एक व्याजमा स्नाकोत्तर गराउन सफल भएको छ । विश्वविद्यालय अनुदान आयोगकाद्वारा गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणीकरण प्रमाणपत्र प्राप्त यस क्याम्पसमा स्नातकोत्तर सम्मको पठन पाठन हुदै आईरहेको छ ।जसमध्ये स्नातक तहमा शिक्षा, व्यवस्थापन र बिज्ञान विषयमा र स्नातकोत्तर तहमामा शिक्षा विषयमा पठनपाठन हुँदै आईरहेको क्याम्पस प्रमुख नगेन्द्रप्रसाद दंगालले जानकारी गराएका छन् ।
क्याम्पसको स्थापना दिवशको अवसरमा बिभिन्न सिर्जनात्मक कार्यक्रमहरुकासाथ खेलकुद प्रतियोगिता समेत सम्पन्न गरेको थियो ।
क्याम्पसबाट अघिल्लो बर्ष स्नातक गर्ने बिद्यार्थीहरुलाई ट्रान्सकिप्ट र प्रमाणपत्रको साथ खादा मालासहित सम्मान गरिएको थियो । समारोहमा बिभिन्न राजनीतिक दल, संघ संस्थाका प्रमुख एवं प्रतिनीधि, आजीवन सदस्य, सञ्चालक समिति, सल्लाहकार, पूर्व बिद्यार्थी , प्रध्यापक, अध्ययनरत बिद्यार्थी र शिक्षापे्रमीरुको सहभागिता रहेको थियो ।