नेत्रहीनहरु क्रिकेट खेल्न लाङटाङ जाँदै

निर्मल बस्नेत
२७ बैशाख – चौतारा । नेत्रहिन क्रिकेट संघ नेपालको आयोजनामा बैशाख २९ र ३० मा हुने २ दिने मैत्रीपूर्ण क्रिकेट खेलको लागि लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको लामिडाँडामा जाने भएका छन् ।

खेल हुने क्षेत्र लाङटाङ राष्ट्रिय निकुञ्ज सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका १ लामिडाँडामा पर्दछ । पछिल्लो समय निकुञ्ज आसपासको क्षेत्रमा आन्तरिक पर्यटकहरु बाग्लै भ्रमण गर्ने गरेका छन् ।

सिन्धुपाल्चोक नेत्रहीन क्रिकेट संघको व्यवस्थापनमा २ दिनसम्म सञ्चालन हुने खेलको लागि काठमाडौ र सिन्धुपाल्चोक जिल्लाको चौतारामा रहेको बनदेबी माध्यमिक बिद्यालयको दृष्टिबिहिन विद्यार्थीहरुसमेत सहभागी हुने संघको सिन्धुपाल्चोक अध्यक्ष एवं टिम क्याप्टेन बलराम शाह आकाशले जानकारी गराए ।