चौतारा साँगाचोकगढी नगरपालिका भित्रका ६ विद्यालयले मात्रै ए प्लस ग्रेड ल्याउन सफल (नतिजा सहित)

चैत्र २७, चौतारा । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्ना नगरभित्र रहेका विद्यालयहरुको कक्षा ८ को नगरस्तरिय वार्षिक परिक्षाको नतिजा सार्वजनिक गरेको छ । नगर भित्रका २६ विद्यालय मध्ये १ निजी विद्यालय सहित ६ वटा विद्यालयले ए प्लस ग्रेड ल्याउन सफल भएका छन् ।

जसमा सबैभन्दा धेरै अर्थात ९८ जना विद्यार्थी सहभागी भएको कृष्ण रत्न गंगा मावि र २३ जना सहभागी जुगल बोर्डिङ हाइस्कुलबाट ५÷५ जना विद्यार्थीले ए प्लस ग्रेड प्राप्त गर्न सफल भएका छन् । त्यस्तै सिद्धीगणेश मावि र ज्ञानमन्दिर माविबाट ३÷३ जना, गोल्मादेवी मावि र सेतिदवी पञ्चकन्या माविबाट १÷१ जनाले ए प्लस ग्रेड प्राप्त गरेका छन् । बाँकी २० विद्यालयले भने ए प्लस ग्रेड ल्याउन सकेनन् । माध्यामिक र आाधारभूत गरी २६ विद्यालयका ७ सय ८६ जना विद्यार्थी कक्षा ८ को नगर स्तरीय परिक्षामा सहभागी भएकोमा १८ जनाले ए प्लस ग्रेड प्राप्त गरेको नगरको शिक्षा, युवा तथा खेलकुद शाखाले जानकारी दिएको छ ।

शाखाले सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार १ सय ५१ जना ले ए ग्रेड प्राप्त गरेका छन । त्यस्तै २ सय ६९ ले बि प्लस, १ सय ८० ले सि प्लस र १ सय १ जनाले सि ग्रेड प्राप्त गरेका छन् ।

त्यस्तै १६ जना विद्यार्थी परिक्षामा सहभागी नै भएनन् भने सहभागी मध्येका ४० जना भने अनुत्तीर्ण भएको प्रकाशित नजितामा उल्लेख छ । २६ विद्यालय मध्ये सबैभन्दा कमजोर विद्यालयमा रामेश्वरी आवि बतासे, बनदेवी मावि चौतारा, समाजविकास आवि बतासे र कालिका देवी मावि देउराली (कुविण्डे) रहेका छन् । ति विद्यालयहरुले ए ग्रेड समेत ल्याउन सकेनन् ।