कोरोना भाईरस उपचारका लागि छुट्टै वार्ड स्थापना गर्ने बागमति प्रदेशको योजना

हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सबै अस्पतालमा कोरोना भाईरस उपचारका लागि छुट्टै वार्ड स्थापना गर्ने योजना ल्याएको छ । सोमबार प्रदेश सरकारले मुख्यमन्त्री कार्यालयमा आकस्मिक छलफल गरी सो कुरा योजना ल्याईएको सामाजिक विकास मन्त्री युवराज दुलालले जानकारी दिए । उनले कोरोना नियन्त्रणका लागि तिनवटै तहसंग समन्वय भएको तथा एक महिना अगाडिबाट विभिन्न समिति बनाएर काम गरीरहेको उनले बताए । अति संवेदनसिल ठाउँमा हेल्प डेस्क निर्माण गरेर काम गरीरहेको समेत उनले जानकारी दिए । यसको नियन्त्रण तथा सचेतनाका लागि सरकारले लिनुपर्ने पहल कदमी लिइसकिएको बताउँदै मन्त्री दुलालले मास्कको कालोबजारी भएको प्रति छानविन गरिने उनले प्रतिवद्वता जनाए ।
स्वास्थ्य मन्त्रालयबाट आएको टोलीले कोरोनाबाट बच्न हात मिलाउने, अंकमाल गर्ने, जुठो चिजबिज आदानप्रदान गरेर खाने, काँचो तथा नपाकेका खानाखाने लगायत चिकित्सकले बर्जित गरेका क्रियाकलापहरु नगर्न मन्त्रालयले आग्रह गरेको छ । मास्क लगाउने, भीडसँग दुरी बनाएर बस्ने तथा माछामासु जस्ता चिजलाई राम्ररी पकाएरमात्र खान मन्त्रालयले आग्रह गरेको छ ।