
अर्थमन्त्री फेरीय संगै गाउँगाउँमा धमाधम बजेटको निकासा

चैत्र २, ठोकर्पा । केन्द्रमा सरकार परिवर्तन भएसंगै जिल्ला जिल्लामा बजेटहरु धमाधम जान थालेका छन् । लामो समय बजेट अभावका कारण सडकको पूर्वाधारको काम रोकिएको लिसंखुपाखरको सडक बजेट निकासा भएसंगै तत्काल थालनी हुने भएको छ ।
लिसंखुपाखर गाउँपालिकाको २१ किलो–लिसंखु –वाफल–सुकुटे सडकको गुन्जा डककाँडा देखि ओम डककाडा खन्डमा ग्राबेलको काम निर्माण हुने भएको लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष राजु लामाले जानकारी दिए । उनका अनुसार व्यवसायी दामोदर कार्कीले तिब्र गतिमा सडकको काम गरेपनि संघीय सरकारले काम सम्पन्न भएको बिलको भुक्तानी समेत दिन नसक्ने जनाएको थियो । त्यतिबेला तत्कालिन अर्थमन्त्री प्रकाशशरण महतसंग कुरा गर्दा समेत रकम नपठाएको हुनाले ठेक्का बीचैमा अलपत्र छोड्नु पर्ने र काम यतिकै अलपत्र छोड्नु पर्ने अबस्था भएको उनको भनाई छ । निर्माण व्यवसायी दामोदर कार्कीको कुनै गल्ति नरहेको सरकारले रकम दिन नसक्ने भएपछि वाध्यताले काम गर्न नसक्ने अवस्था रहेको जानकारी गराएका थिए ।
हाल नयाँ गठबन्धनको सरकार बनेसंगै अर्थमन्त्री बर्षमान पुन समक्ष सो क्षेत्रका प्रतिनिधिसभा सदस्य माधब सापकोटाले लिसंखुपाखरको सडकको समस्या रहेको कुरा अबगत गराएसंगै उक्त रकम पठाउन पहल गरेको भोलिपल्टै १ करोड बजेट अर्थमन्त्रालयबाट पठाईएको हो । बाँकी रकम पनि चाँढै पठाउने सहमति भएको उनले बताए । त्यसपछि सांसद माधब सापकोटा र निर्माण व्यवसायी दामोदर कार्की तथा पालिका अध्यक्ष राजु लामा संगै बसेर अलपत्र अवस्थामा रहेको गुन्जाडाँडा देखि ओमडककाँडा खन्डको ग्राबेल गर्ने काम अब २÷३ दिन मै सुरु गर्ने गरी सहमति सहित अगाडी बढेको गाउँपालिकाले जनाएको छ । यस सडक खण्डका उपभोक्ता लाभग्राही वुद्वीजिवि समुदाय, वन उपभोक्ता समिति युवा तप्का सबैले उक्त काम यहि बर्खा अगाबै सकाउने गरी सकरात्मक सहयोग र समन्वय गर्न समेत पालिका अध्यक्ष लामाले आग्रह गरेका छन् ।
लिसंखु ठोकर्पा पुरानोकोट सडक स्तरोन्नतिका लागि पनि १ करोड बजेट निकासा भएको हो । सांसद सुबोधकै पहमा यो बजेट पनि निकासा भएको हो । सोही बजेटबाट २१ किलोमिटरको लिसंखु पुरानोकोट सडकखण्डमा स्तरउन्नतिको काम हुने बताईएको छ । यो सडक निर्माणको जिम्मा २०७९ सालमा पाण्डे नयाँयुग जेभीले लिएको थियो ।
यो पनि पढ्नुहोस