मुरारीलाई बचाउन एकजना दैव निक्ले तर सकेनन् बचाउन

दिनेश दुलाल
फागुन २, काठमाडौं । बाह्रबिसे नगरपालिकाका विकेश लामा काठमाडौंबाट मोटर साईकलमा मंगलबार बाह्रबिसे तर्फ फर्कदै थिए । करिब ३ः४० बजे काभ्रे पाँचखाल नगरपालिका–८ पचास किलो स्थित अरनिको राजमार्ग सडक खण्डमा दोलालघाटबाट जिरो किलो तर्फ आउँदै गरेको बा.प्र ०२–०३४ प. ३३२१ मोटरसाईकललाई बिपरित दिशाबाट आएको बा.३ ख. ७२०४ नं. को आईचर गाडिले ठक्कर दिंदा सिन्धुपाल्चोक ईन्द्रावति गाउँपालिका–७ का अन्दाजी २८ वर्षका मुरारी कार्की र उनीसंगै सवार सोहीका राजन दंगाल सडकमा बजारिए ।

त्यहि समयमा घटनास्थलमा पुगेका विकेशले घाईते दुवैलाई उपचारको लागि अस्पताल लैजान त्याहाँ रोकिएका सवारी साधनलाई अनुरोध गरे । तर कसैले पनि विकेशको कुरा सुनेनन । प्रायले प्रहरी आएसी मात्र लैजान्छ भन्ने जवाफ दिए । विकेश बेस्करी चिच्याए । एउटा बलेरोलाई अनुरोध गर्दा बलेरोले बिग्रेको भनेर टार्न खोजेपछि विकेशले आफैंले चाबी खोसेर गाडी चलाए र सक्त घाईते दुवैलाई धुलिखेल खस्पताल लगे । तर अस्पताल नपुग्दै अचेत भएका मुरारीको ज्यान गयो । अस्पतालले उनलाई मृत घोषणा ग¥यो । अर्का घाईते दंगालको भने धुलिखेलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

यो कारुणिक घटना मंगलबार अर्थात फागुन १ गते घटेको हो । मान्छे सबै उस्तै हुँदैनन् कोहीमा मानवीय गुण पनि हुन्छ भन्ने उदाहरण विकेशले देखाएका छन् । उक्त घटनाको सामाजिक सञ्जाल मार्फत प्रत्यक्ष प्रसारण समेत गरिएको थियो । विरामीको छिटो उपचार गर्न विकेशले हरप्रयास गरेको देखिन्छ । अन्य सवारी साधनका सवार यात्रुहरु सडकमा निस्किएर मुखदर्शक भएको समेत देखिन्छ । सामाजिक सञ्जाल मार्फत घटनाको प्रत्यक्ष लाईभ हेरेका दर्शकशरुले विकेशको उच्च प्रसंसा गर्दै छिटो उपचारको लागि लैजान अनुरोध गरेको देखिन्छ । सवारी दुर्घटना भएका घटनाहरु धेरै छन् तर मानवीय सहयोगी भावना भएको उदाहरण कमै छ ।

गत असारमा चौतारा साँगाचोकगढी नगरपालिका–१३ का सुनिल चौलागाई यसैगरी मोटर साईकल दुर्घटनामा परी ज्यान गुमाएका थिए । बालवाला प्रहरी नायव निरिक्षक दिपेन्द्र घलेसंगको ठक्करले मोटर साईकल दुर्घटनामा परेका सुनिलको ३ घण्टा सम्म उपचार हुन पाएन । सामन्य घाईते भएका घलेले समेत छटपटाएका सुनिलको न उपचार गर्न लगे न स्थानीयले नै चासो देखाए । प्रहरीको समेत हेलचेक्र्याईले ३ घण्टा छटपटाएर सुनिलको अकालमै ज्यान गयो । यता घटना भएको आधा घण्टामै विकेशको प्रयासले घाईते मुरारीलाई अस्पताल पु¥याईएपनि उनले ज्यान गुमाए । घाईते मुरारीलाई बचाउन नसकिएपनि यतिबेला विकेश तामाङको प्रयासलाई समाजिक सञ्जालमा उनको प्रसंशा गरिएको देखिन्छ ।

दाहिने हात, खुट्टा र नाकमा चोट लागेर बोल्न सक्ने अवस्था रहेका राजन दंगालको भने धुलिखेल अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।
ठक्कर दिने सवारी तथा आईचर चालक काभ्रे भुम्लु गाउँपालिका –४ का बर्ष २४ को पूर्णबहादुर पहरीलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।