हेलम्बुमा जिप दुर्घटना २ को मृत्युु, ५ घाइते

माघ १७, किउल । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकामा जीप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ ।

गाउँपालिका वडा नं १ स्थित दोरिङ भिरमा बा २ च ४४५० नम्बरको ल्याण्ड क्रुजर जीप दुर्घटना हुँदा हेलम्बु घुम्न आएका दुई भुटानी नागरिकको मृत्यु भएको हो । त्यस्तै घटनामा ४ जना घाइते भएका छन् । ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी निरञ्जन भट्टराईका अनुसार मृत्यु हुने भुटानी नागरिक बर्ष ३३ को अब्गे र बर्ष र ७१ बर्षकी वाङमो रहेका छन् ।

घाइते हुनेमा हेलम्बु गाउँपालिका २ का ४२ वर्षीय जीप चालक रामचन्द्र भण्डारी, भुटानी नागरिक बर्ष ७४ को हाइज , ४२ बर्षिया पुमा छिरिङ र बर्ष ६५ कि गुची रहेका छन् ।

घाइतेहरूलाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ लगिएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो ।

यसैबीच जिप दुर्घनामा दुईकाे मृत्यु तथा ५ घाईते भएकाे सन्दर्भमा गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै दुख व्यक्त गरेकाे छ । प्रमुख प्रशासकीय अधिकृत राजुभाई श्रेष्ठले विज्ञप्ति जारी गर्दै गहिराे दुःख व्यक्त गरेका छन् ।