अब चौतारा अस्पलाल ५० शैयाको

दिनेश दुलाल
पुष ४, (२०८०) । चौतारा । सिन्धुपाल्चोक जिल्लाको चौतारा अस्पताल अब ५० शैयाको हुने भएको छ ।
जिल्ला सदरमुकाममा रहेको जिल्लाकै सबैभन्दा पुरानो र ठूलो भनिएको चौतारा अस्पतालमा डाक्टर, नर्स सहितको तीन गुणा सेवा र कार्यक्षेत्र बिस्तार हुनेगरी बागमती प्रदेश सरकार मन्त्री परिषको मंगलबार बसेको बैठकले चौतारा अस्पताललाई विस्तार गर्ने निर्णय गरेको हो । यस अघि चौतारा अस्पताल १५ शैयाको मात्रै रहेको थियो । नयाँ प्रविधि र डिजाईन सहितको अत्याधुनिक अस्पताल भवन निर्माणधिन अवस्थामा रहेपनि प्रविधि र जनशक्तिको अभावका अस्पतालले भने जस्तो सेवा सुविधा दिन सकेको थिएन । चौतारा अस्पताल रिफर सेन्टरको रुपमा रहेको आरोप लागेको थियो ।
अब बागमति प्रदेश सरकारले जनशक्ति सहित चौतारा अस्पतालाई ५० शैयाको बनाएसंगै बिरामीको लागि सबै सेवासुविधाहरु हुने अपेक्षा गरिएको छ ।
यस्तै बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको १६६९ जना (प्राबिधीक सहित ) कर्मचारीहरूको संगठन संरचना स्विकृत गर्दे हाल संचालनमा रहेका प्रदेश अस्पतालहरूको स्तरउन्ती गर्ने निर्णय गरेको छ ।

यस्तो छ प्रदेश अस्पतालको संरचना
१) घादिड अस्पताल (धादिडबेशी) – १०० बेड
२) त्रिशुली अस्पताल (नुवाकोट ) –१०० बेड
३)हेटौडा अस्पताल ( मकवानपुर ) –३०० बेड
४) सिन्धुली अस्पताल (सिन्धुली )–१०० बेड
५) भक्तपुर अस्पताल (भक्तपुर ) – ३०० बेड
६) बकुलर अस्पताल (चितवन ) – १०० बेड
७) सिन्धुपाल्चोक अस्पताल ( सिन्धुपाल्चोक ) ५० बेड
८) रामेछाप अस्पताल (रामेछाप ) –५० बेड
९) पशुपति चौलागाई अस्पताल (दोलखा ) – ५० बेड
१०) मेथिनकोट अस्पताल ( काभ्रे ) – ५० बेड