मेलम्ची नगरपालिकाद्वारा पुल निर्माणको सम्भाव्यता अध्यायन सुरु

दिनेश दुलाल
कार्तिक २४, मेलम्ची । आफ्नै आन्तरिक स्रोतबाट फट्टेमा मोटरेबल पुल निर्माण गर्ने घोषण गरेको मेलम्ची नगरपालिकाले पुलको सम्भाव्यता अध्यायन सुरु गरेको छ ।

मेलम्ची नगरपालिकिाले राखेको अस्थायी पुल

नगरपालिका वडा नम्बर ११ फट्टेमा मेलम्ची नगरपालिकाले आफ्नै आन्तरिक स्रोतबाट मोटरेबल पुल निर्माण गर्न लागेको हो । २०७८ असार १ गतेको बाढीले मेलम्ची नगरपालिकाको २ वटा पक्कि पुलमा क्षति पु¥याएको थियो । बाढीले पुल बगाएपछि मेलम्ची बजार र मेलम्ची नगरपालिका वडा नम्बर ७,८,९ र १० त्यस्तै पाँचपोखरी थाङ्पाल गाउँपालिका र इन्द्रावती गाउँपालिका बिचको सम्बन्ध टुटेको थियो ।

बाढीले बगाएको पुरानो पुल । सोही ठाउँबाट नगरपालिकाले पुल निर्माण थालनी गरेको छ ।

नगरपालिकाले हिंउदको समयमा अस्थाई रुपमा ह्युम पाइप राखेर यातायात सञ्चालन गरेपनि बर्खाको समयमा नदि बाँधक बन्दा मेलम्ची ७, ८ र पाँचपोखरीका १ र २ वडाका नागरिकहरुले ठुलो सास्ती खेपीरहेका छन् । प्रदेश र सघं सरकारलाई पटक पटक अनुरोध गरेर पुल निमार्णको लागि आग्रह गरेपनि बेवास्ता गरेपछि अहिले नगरपालिका आफैंले पुल निमार्णको लागि प्रक्रिया अगाडी बढाउन थालिएको उनले बताए ।

३ बर्षभित्र सम्पन्न गर्नेगरि बन्न लागेको पुल निमार्णपछि मेलम्ची ७, ८ र ११ तथा पाँचपोखरीको विभिन्न वडा र हेलम्बु गाउँपालिका जानलाई समेत सहज हुने छ । नगरप्रमुख तामाङका अनुसार नगरले यस बर्ष उक्त पुलको लागि नगरपालिकाको आन्तरिक श्रोतबाट बेहोर्ने गरी चालु आर्थिकबाट ६ करोड बजेटबाट व्यवस्थापन गरिएको हो ।

करिब २ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको प्रारम्भिक सम्भाव्यता अध्यायन बमोजिम करिब ३१ करोडको लागत अनुमान लाग्ने ईन्जिनियर जितबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार हाल निर्माण हुने ट्रस वृज पुलको लम्बाई ९० मिटर र सिंगल स्पान निर्माण हुनेछ भने ९ मिटर उचाईको हुनेछ ।
एकसात अघिबाट विस्तृत अध्यायन भईरहेको करिब ३ महिनाभित्र पुलको विस्तृत अध्यायन प्रतिवेदन तयार हुने सो पश्चात बहुबर्षीय खरिद प्रक्रियामा जाने ईन्जिनियर कार्कीले बताए ।

स्मरण रहोस दुईवर्ष अघि बाढीले बगाएको पुलको उचाई ५ मिटर मात्र रहेको थियो । ३ वटा स्पान रहेको उक्त पुलको लम्बाई ८७.५ मीटर रहेको थियो भने पुल आरसिसिद्वारा बनाईएको थियो । सडक डिभिजन कार्यालय चरिकोटबाट २०६८÷०६९ मा ३ करोडमा निर्माण गरिएको थियो ।