बैंकहरूले दिएनन् नयाँ नोट, सर्वसाधारणलार्ई सास्ती
कार्तिक ३, काठमाडौं । दशैं आउन २ दिन आउन बाँकी रहँदा राष्ट्रबैंकले सहज रुपमा नयाँ नोट वितरण गर्न नसक्दा सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।
राष्ट्र बैंक भन्छ– बैंकहरूले मागेजति नयाँ नोट दिएका छौँ । तर राष्ट्र बैंकमा बुधबार गएका सर्वसाधारणलाई रित्तै फर्काएको छ । सर्वसाधारणलाई भोलि बिहिवार १ बजे आउनुहोस् तपाईंहरूको पालो भोलि हो – बैंकका कर्मचारी भने ,पैसा पाउने आशाले सर्वसाधारण पुनः बिहीबार आउँदा समेत २ बजे सम्म सूचना टाँसेर सबै सहकारीहरुलाई रोकियो ।
अन्तिममा रातको ११ बजे सम्म बसेर केहि सहकारीले थोरै पैसा पाउन सके । धेरै सहकारी खाली हाल फर्केका छन् । उता सर्बसाधरणणहरुको पनि बिहान ९ बजे देखि बेलुका ९ बजे सम्म लाईनमा बसेका थिए । हजारौं सर्वसाधारण जनताको लाईन बसेपनि आखिर अधिकांशले पैसा पाउन सकेनन् । नयाँ नोट सटही सहज हुन्छ भनेर राष्ट्र बैंकले भनेपनि उसले व्यवस्थापन गर्न नसकेको हो । दशैंमा नयाँ नोट पाउने आशामा रहेका जनता भने रित्तै फिर्किन वाध्य भएको घण्टौं लाईनमा बसेर पनि पैसा सटही गर्न नपाएका दोलखाका एक स्थानीय नवराज कुँईकेलले बताए ।
बैंकहरूले नयाँ नोट लुकाएपछि दसैँको वेला सर्वसाधारणलाई नोट साट्न सास्ती हुने गरेको छ । दसैँको वेला टीका लगाउँदा दक्षिणा आदान–प्रदान गर्न नयाँ नोट प्रयोग गर्ने चलन छ । तर, सबैजसो कमर्सियल बैंकहरूले नयाँ नोट साट्न पुगेका सेवाग्राहीलाई रित्तै हात फर्काउने गरेका छन ।
कतिपयले नयाँ नोट साट्न गएकालाई पुरानै नोट थमाएर समेत पठाउने गरेको काभ्रेका उमेश थपलिया बताउँछन् । तर, नेपाल राष्ट्र बैंकले यति छिटो नयाँ नोटको अभाव हुने अवस्था नभएको बताएको छ । राष्ट्र बैंकले गत वर्षझैँ बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ नोट दिएको छ । यस वर्ष दसैँका लागि १५ अर्ब नयाँ नोट खपत हुने अनुमान राष्ट्र बैंकले गरेको छ ।
सोहीअनुसार राष्ट्र बैंकले कमर्सियल, विकास बैंक र अन्य वित्तीय संस्थाहरूलाई उपलब्ध गराइरहेको छ । हालसम्म कमर्सियल बैंकहरूले कम्तीमा पनि ६–७ करोडका दरले नयाँ नोट लगिसकेका छन । राष्ट्र बैंकले अन्य विकास बैंक र सहकारीहरूलाई पनि मागे जति नयाँ नोट उपलब्ध गराएको दाबी गरेको छ । तर, नयाँ नोट साट्न पुगेका सर्वसाधारण भने रित्तै फर्कने गरेका छन ।