निर्माण व्यवसायी संघ सिन्धुको अध्यक्षमा थापा सहित पदाधिकारी निर्बिरोच निर्वाचित , ६ सदस्यको लागि १८ जनाको उम्मेदवारी

निर्मल बस्नेत
(२०८० भाद्र ६० चौतारा – निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको ७ औं अधिवेशन तथा १६ औं साधारण सभा बाट अध्यक्षमा युवा व्यवसायी दिपेन्द्र थापा अध्यक्षमा चयन भएका छन् ।

थापासंगै प्रथम उपाध्यक्ष सगुन श्रेष्ठ, द्वितीय उपाध्यक्ष मोहन श्रेष्ठ, तृतीय उपाध्यक्ष घनश्याम नेपाल, महासचिव जयचन्द्र कुमार लामा, सचिव डबले लामा कोषाध्यक्ष बालसुन्दर कटुवाल, सहकोषाध्यक्ष राजेन्द्र टीकारामा र महिला सदस्य निर्मला श्रेष्ठ निर्बिरोध निर्वाचित भएका छन् ।
६ सदस्य पदमा भने १८ जनाको उम्मेदवारी परेको छ ।

उक्त सदस्य पदको लागि भने अहिले सम्म सहमति नभईसकेको बुझिएको छ । व्यवसायी विच निर्वाचन गर्नु भन्दा सके सम्म सहमतिमा टुङ्याउन उचित हुँने हुँदा सर्वसहमति गर्ने प्रयास जारी राखेकोे निवर्तमान तृतीय उपाध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।