निर्माण व्यवसायी संघको अधिबेशन सुरु, महासंघको माग पुरा हुने अध्यक्ष रवि सिंहले गरे ठोकुवा

निर्मल बस्नेत
(२०८० भाद्र ६) चौतारा । निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको ७ औं अधिवेशन तथा १६ औं साधारण सभा बुधवार चौतारामा सुरुभएको छ । अधिवेशनको निर्माण व्यवसायी महाँसंघका अध्यक्ष रवि सिंहले उद्घाटन गरेका हुन् ।

अधिवेशनलाई सम्बा्ेधन गर्दै निर्माण व्यवसायी महाँसंघका अध्यक्ष रवि सिंह

एदघाटन कार्यक्रमको प्रमुख अतिथि सिंहले देशभरमा २५ सय देखि ३ हजार योजनाको भुक्तानी म्याद थपबाट लिनुपर्ने अवस्था रहेको बताए । सरकारको बिभिन्न निकायले बाहनाबाजी गरेर व्यवसायीलाई दुःख दिने र सकिएको कामको समेत समयमा भुक्तानी नदिदा व्यवसायी मारमा परेको तर्क गरे । जिल्ला दररेटलाई समय अनुकुल परिमार्जन गर्नु पर्ने र पर्याप्त बजेट नहुँदा पनि ठेक्का लगाउने प्रथाको अन्त्य हुनुपर्ने जोड दिए । र, यसको लागि सार्वजनिक खरिद ऐन संसोधन गरि व्यवसायीको हितमा काम गर्ने दायित्व महासंघमा आएको छ भने ।

अध्यक्ष सिंहले विगत ३ हप्ताभन्दा बढी समयदेखि ९ बुँदे माग राखेर आन्दोलनमा होमिएका निर्माण व्यवसायीहरुको आन्दोलन सडक हुँदै वार्ताको टेवलसम्म पुगेको जानकारी दिंदै उनले वार्ताबाट आफ्ना मागहरु पुरा हुने संकेत गरेका छन् ।

संघका अध्यक्ष छत्र तामाङको अध्यक्षतामा भएको कार्यक्रममा निर्माण व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष एवि लामा, महासचिव शम्भू दाहाल, केन्द्रिय सदस्य बिष्णु लामा, नेपाली काँग्रेस जिल्ला सभापति जंगबहादुर तामाङ, एमालेका जिल्ला अध्यक्ष कमल नेपाल, नेकपा (माओवादी केन्द्र)का उपत्यका बिशेष प्रदेश समिति सदस्य टोपनाथ सापकोटा (टिएन),मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङ, बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादर तामाङ, भोटेकोसी गाउँपालिका अध्यक्ष पासाङ नोर्बु शेर्पा, चौतारा साँगाचोकगढीकी उपमेयर सीता थापा, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवनप्रसाद श्रेष्ठ, काभ्रे निर्माण व्यवसायी संघका अध्यक्ष बिजय लामा लगायतले संघको साधारण सभा सफलताको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

नयाँ नेत्रृत्व चयनको लागि भोली मनोनय दर्ता तथा निर्वाचन हुनेछ । अध्यक्ष १, उपाध्यक्ष ३, महाँसचिव १, सचिव १, कोषाध्यक्ष १, सह कोषाध्यक्ष १ र ६ जना सदस्य अधिवेशनले चुन्ने छ । अध्यक्ष सहित ८ जना पदाधिकारीको भने जिल्लामा क्रियाशील राजनीतिक दलहरुवीच आपसी समझदारी बनाई टुङ्ग्याईसकेको संघले जानकारी दिएको छ ।

जसअनुसार अध्यक्ष पदमा राप्रपाका दिपेन्द्र थापा लाई सर्वसम्वत रुपमा स्वीकार्ने सहमति भएको जानकारी प्राप्त भएको छ । अध्यक्ष संगै राप्रपाले सह कोषाध्यक्ष पाउने छन् । प्रथम उपाध्यक्ष र कोषाध्यक्ष नेपाली कांग्रेस समर्थक व्यवसायी, महासचिव र सचिव एमाले समर्थक व्यवसायी र द्वितीय उपाध्यक्ष र तृतीय उपाध्यक्ष माओवादी केन्द्र समर्थक व्यपसायीले पाउने सहमति भएको छ ।

सदस्य पदमा भने अहिले सम्म सहमति नभईसकेको बुझिएको छ । व्यवसायी विच निर्वाचन गर्नु भन्दा सके सम्म सहमतिमा टुङ्याउन उचित हुँने हुँदा सर्वसहमति गर्ने प्रयास जारी राखेको र भोली सम्म पहल गरिने तृतीय उपाध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।

चौतारामा रहेको संघको आफ्नै भवनमा सुरुभएको अधिवेशन २ दिन चल्ने छ । संघमा ४ सय ४४ जना सदस्य रहेको छ । संघको अधिवेशन तथा साधारण सभा उदघाटन शत्रमा पाहुनाहरु सहित बोलाएर गरिएको कार्यक्रम बुधवार नै सकिएको छ । बन्द सत्र र निर्वाचनको कार्यक्रम भने बिहिबारमात्र हुने संघको अध्यक्ष छत्र तामाङले बताए । उनले कार्यक्रमा आफ्नो कार्यकाल हालसम्मकै स्वर्ण कार्यकाल भएको दावी गरेका छन् । बाढी पहिरो र कोरोना महामारीको बखत पनि सरोकारवालाहरुको सहभागितामा कार्यबिधि बनाई निर्माण कार्यलाई कहिल्यै पनि नरोकी काम गरेको बताएका हुन् । अन्त्यमा उनले आगामी आउने कार्यसमितिले पनि सवै कराको सन्तुलनमा काम गर्न सकोस् भन्ने शुभेक्षा व्यक्त गरे ।