स्थानीय तहमै पर्यटनको विकास गर्ने सिद्विगणेश सामुदायिक बनउपभोक्ताको प्रयास

दिनेश दुलाल
साउन २५, (२०८०) चौतारा । देशका तीन तहका सरकारहरुले पर्यटन प्रर्वद्वनका लागि भनेर योजना बनाईरहँदा स्थानीय सामुदायिक बनउपभोक्ता समहुहरुले आन्तरिक पर्यटक आकर्षणको लागि केही ठाउँमा काम नै सम्पन्न गरेर देखाएका छन् । यसको ज्वलन्त उदाहरण हो, जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ७ अन्र्तगत सिद्दिगणेश सामुदाियक बन उपभोक्ता समूहद्वारा निर्माण गरिएको सेतीदेवी पालेथुम्का पार्क ।

पालेथुम्का पार्कको उदघाटन तथा झण्डात्तोलन गर्दै बागमति प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल

बन पर्यापर्यटन शिर्षकबाट बागमति प्रदेश सरकारको १० लाख आर्थिक सहयोग तथा डिभिजन बन कार्यालय सिन्धुपाल्चोकको प्राविधिक सहयोग तथा समन्वयमा निर्माण गरिएको उक्त पार्कको बिहिबार बागमति प्रदेश भौतिक तथा पूर्वाधार विकासमन्त्री युवराज दुलालले उदघाटन गरेका हुन् । सेतीदेवी पालेथुम्का पार्क उदघाटन तथा झण्डात्तोलन कार्यक्रमका प्रमुख अतिथि मन्त्री दुलालले पर्या पर्यटन पार्कको रूपमा विकास गर्ने बिगतदेखीको योजना अनुसार आफ्नै प्रयासमा उक्त पार्क निर्माण गरिएको दावी गरे ।

वनउपभोक्ता समुहले पार्कमा निर्माण गरेको जोडी बाघको प्रतिमा

जिल्ला सदरमुकाम नजिकको सुन्दर पर्यटकीय क्षेत्र बनाउने आफ्नो उद्देश्य अनुसार उक्त पार्क निर्माण भएसंगै अन्य पूर्वाधार, खेलमैदान लगाएत संरचनाको विकास गरिने उनले उदघोष गरे । सोही ठाउँमा रहेको भुतछाँगामा जिल्ला भन्दा बाहिरबाट आन्तरिक पर्यटक आउने भएपछि सडकको स्तरउन्नती तथा भुतछाङाको धार्मिक क्षेत्रको विकास गरिने समेत उनले बचन दिए । पर्यटनको विकाससंगै कृषि व्यवसाय र आयआर्जनका कामहरुलाई स्थानीय जनताको पहुँचसम्म पु¥याउन सकिन्छ भनेर आफू निरन्तर लागेको उनले बताए ।

जोडी बाघको प्रतिमा निर्माण गर्ने मूर्तिकार मन लामा मन्त्री दुलालबाट सम्मानित हुँदै

स्मरण रहोस मन्त्री दुलालकै योजनामा चौतारा देखि झ्याडी सम्म कालोपत्रे सम्पन्न भईसकेको छ भने ५० शैयाको चौतारा अस्पताल भवन निर्माण, टुँडिखेलमा मिनी रंगशाला निर्माणधिन अवस्थामा रहेको छ । सिन्धुपाल्चोकका विकासवादी नेताको रुपमा परिचित युवाराज दुलालले आफ्नो निर्वाचन क्षेत्रमा मात्र नभई प्रतिनिधिसभा २ नम्बर क्षेत्रभरि पूर्वाधार तथा विकास निर्माणका लागि उल्लेख्य बजेट बिनियोजन गरेका छन् ।
यस्तै कार्यक्रममा ७ नम्बर वडाअध्यक्ष डम्बरबहादुर तामाङले वडाको तर्फबाट पार्कको संरक्षण लगाएत स्थानीय पर्यटन विकासको लागि आगमी दिनमा थप योजना बनाईने बताए ।

यस्तै डिविजन वन कार्यालय सिन्धुपाल्चोकका सहायक डिभिजन वन अधिकृत शंखरराज गिरीले जिल्लामा रहेका ४ सय २७ सामुदाियक बन मध्ये सिद्विगणेश सामुदायिक वन उपभोक्ता समिति जिल्लाकै उत्कृष्ठ भई प्रथम पुरस्कार प्राप्त गर्न सकेको बताए । सामुदायिक बन दिवसको अवसरमा कार्यक्रम आयोजना गरिए पनि हस्तान्तरण भने केही प्राविधिक कारणले हुन नसकेको सहायक बन अधिकृत गिरीले बताए ।

सामुदायिक बनउपभोक्ता माहासंघ सिन्धुपाल्चोकका अध्यक्ष जनक गिरीले बनउपभोक्ता समुहले जम्मा गरेको पैसामा सरकारले २० प्रतिशत रकम असुल्न प्रचलन खारेजी गर्न समेत मन्त्रीसमक्ष आग्रह गरे ।

सानोसिरूवारीको पर्यटकीय पार्कको रूपमा रहेको उक्त पार्कको संरक्षण आवश्यक रहेको अन्य वक्ताहरूले औल्याएका छन् । सिद्दिगणेश सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष विजय नेपालले बागमति प्रशेद सरकारबाट १० लाख मध्येबाट करकट्टी गरेर ७ लाख रुपैंयामा पार्क निर्माण गरिएको बताए । उनका अनुसार पार्कमा बागको मूर्ति, घण्टी, पार्क, घेराबार, झण्डा लगाएत संरचना निर्माण गरिएको छ । पार्कको घेराबार र संरक्षणको लागि प्रदेश सरकारले थप बजेटको व्यवस्था गर्न अध्यक्ष नेपालले मन्त्री दुलाल समक्ष आग्रह गरे ।

बनको आयअर्जन घटीरहँदा जनतालाई दिने सेवासुविधा दिन नसकेको बताउँदै नेपालले बन समुहले सामुदायिक वनमा फलफूलका बिरुवा रोपनको कार्यक्रम सुरुवात गरेको जानकारी दिए । समुहका सचिव महेश धितालको सञ्चालनमा भएको उक्त कार्यक्रममा सामदायिक वनमा योगदान पु¥याउने ४ जना व्यक्तिहरुलाई सम्मान गरिएको छ । जसमा डिभिजन वन कार्यालय सिन्धुपाल्चोक, वन प्राविधिक रमेश दुलाल, निर्वतमान अध्यक्ष टंकबहादुर श्रेष्ठ, रेखालु विष्णुबहादुर श्रेष्ठ र मूर्तिकार मन लामा रहेका छन् ।