लिसंखुपाखर गाउँपालिकाद्वारा ८४ प्रतिशत वित्तीय प्रगति हाँसिल

२५ असार, लिसंखु । जिल्लाको लिसंखुपाखर गाउँपालिकाले ८४ प्रतिशत वित्तीय प्रगति हाँसिल गरेको छ ।
लिसंखुपाखर गाउँपालिकाको आर्थिक वर्ष २०७९÷८०का लागि गाउँसभाले स्वीकृत गरेका वार्षिक नीति तथा कार्यक्रमले परिलक्षित गरेका बजेट योजना तथा कार्यक्रमहरु करिव ८४ प्रतिशत वित्तीय प्रगति हाँसिल गर्दै भुक्तानि कार्य सम्पन्न भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मंगलबहादुर विष्टले जानकारी दिए ।

पालिकाले योजनाहरुको भुक्तानी सम्पन्न गरेसंगै प्रमुख प्रशासकीय अधिकृत विष्टले हस्ताक्षर गरी खाता बन्द तथा चालु आर्थिक वर्ष २०७९÷०८०को वित्तिय प्रगति सार्वजनिक गरिएको सूचना अनुसार चालु आर्थिक वर्ष २०७९÷०८०को सम्पूर्ण खर्च तथा भुक्तानी सम्बन्धी लेखाङकन कार्यको २०८० असार २४ गते दिनको २ बजे देखि बन्द गरिएको जनाईएको छ ।

सूचनामा उल्लेख गरि भनिएको छ –‘चालु आर्थिक वर्षको खर्च तर्फ करु३३,३९,२१,४८३.२७ अक्षरुपी तेत्तिस करोड उन्नचालिस लाख एक्काईस हजार चारसय त्रियासी रुपैया) अर्थात ८३.४१ प्रतिशत मात्र खर्च भएको व्योहोरा सबैमा जानकारीको लागि यो सूचना सार्वजनिक गरिएको छ ।’