बाह्रबिसेको १३ औँ नगरसभा सम्पन्न, ६० करोड २० लाख १ सय ८९ रूपैयाँ ९९ पैसा बजेट

निर्मल बस्नेत
(९ असाढ २०८०) सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाको १३ औँ नगरसभा सम्पन्न भएको छ । नगरले आर्थिक बर्ष २०८०÷०८१ को लागि ६० करोड २० लाख १ सय ८९ रूपैयाँ ९९ पैसा बजेट बिनियोजन गरेको छ । निति तथा कार्यक्रममा लोकप्रीय योजनाहरु समेटिएका छन् । जसमा साउन १ गते बाट नगरबासीको लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने भएको छ ।

शनिबार खुर्सानीबारी बाह्रबिसेको कवर्डहलमा सम्पन्न नगरसभाको उद्घाटन नेपाल सरकारका स्वास्थ तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले गरेका हन् । नगरसभामा सम्बोधन गर्दै मन्त्री बस्नेतले नगरले गर्ने हरेक काममा नगरबासीलाई साँक्षी राखेर मात्र अघि बढाउन आग्रह गरे । उनले संघ,प्रदेश र नगरले गर्ने बिकासको काममा अवरोध पु¥याउनेहरुलाई निगरानीमा राखी कार्वाहीको दाहेरामा ल्याउनुपर्ने बताए । तत्काल जनप्रतिनिधिको हैसियतले जति बजेट आफ्नो जिल्लामा ल्याएका छौँ, यो पूर्ण छैन, कहाँ के आवश्यक छ तुरुन्तै भन्नुस् कति बजेट ल्याउन पर्छ म ल्याउनेछु भनि आस्वासन दिएका छन् । त्यस्तै उनले तत्कालै बाह्रबिसे नगरपालिकाका १५ बेडको ट्रमासेन्टर सहितको अस्पताल निर्माण हुने कुरा जानकारी गराए ।

त्यस्तै कार्यक्रममा बागमती प्रदेश सरकारका बन तथा वातावरण मन्त्री मसिना खड्का भण्डारीले मन्त्रालयले गर्ने काहरुको चर्चा गरेकी थिईन् । जसमा उनले धुवारहित चुलो बितरण,भू तथा जधाधार व्यवस्थापन, नदी नियन्त्रण र पहिरो नियन्त्रण, बस्ती संरक्षण, दिगो वन व्यवस्थापन,बन्यजन्तु संरक्षणका लागि मिनी चिडियाखाना निर्माण लगायतका कार्यक्रम बनाएर अघि बढेको उल्लेख गरिन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख बालकृष्ण श्रेष्ठ , अरनिको क्याम्पस प्रमुख, यम बहादुर बस्नेतले नगरसभा सफलताको शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा नगर उपप्रमुख मञ्जु तामाङले आर्थिक बर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम, बजेट र न्यायिक समितिले सम्पादन गरेको कामहरुको प्रगति बिवरण प्रस्तुत गरेकी थिईन् ।

नगरप्रमुख बालकृष्ण बस्नेतले नगरले कृषि क्षेत्रलाई प्रवर्दन गर्न गोरुमा अनुदान र बिमा योजना , बिउबिजन र अन्य उपकरण बितरण गरि समृद्ध नगर निर्माणमा लागि परेको बताएका छन् ।
नगरसभामा कार्यपालिका, नगरसभा सदस्यहरु,बिभिन्न राजनीतिक दलका प्रतिनिधि, बिषयगत शाखाका कर्मचारी र सरोकारवालाहरुको सहभागीतामा रहेको थियो