बलेफी गाउँपालिकाको १३ औं गाउँसभा सम्पन्न, किसानलाई दुधमा ५ रूपैया अनुदान

दिनेश दुलाल
असार ७, खाडीचौर (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिकाको १३ औं गाउँसभा बिहीबार सम्पन्न भएको छ । गंगा बहादुर तामाङको सभाअध्यक्षता तथा १ नम्बर क्षेत्र प्रतिनिधिसभा सदस्य माधव सापकोटा‘ सुवोध’ को प्रमुख आतिथ्यमा सम्पन्न गाउँसभा सोही गाउँपालिकाको वडा नं. ७ स्थित खाडिचौरमा भएको हो । १३ औं गाउँसभाको संघीय सांसद सापकोटाले उदघाटन गरेका थिए ।

१३ अाै गाउँसभालाई सम्बाेधन गर्दै सांसद माधव सापकाेटा ´सुबाेध`

उदघाटन पछिको शुभकामना मन्तव्यलाई सम्बोधन गर्दै सांसद सापकोटाले बलेफी गाउँकार्यपालिका भित्र हरेक विषयलाई गहन ढंगले छलफल गर्ने परिपाटीको सुरुवात भएको भन्दै खुलेर प्रशंसा गरे । सरकारले बजेट प्रणाली परम्परा भन्दा पनि हेरफेर गरेर केही न परिवर्तन गर्न लागेको बताउँदै उनले स्थानीय सरकारलाई उत्पादन र आयआर्जन मूखि बजेट ल्याउन पर्ने सुझाब दिए । गाउँपालिकाले किसानले उत्पादन गरेको उपजको आधारमा अनुदान व्यवस्थापन गरे मात्रै आर्थिक समृद्धि हाँसिल हुने ठोकुवा गर्दै सांसद सांसद सापकोटाले भने,‘कसरी एकरूपैंया पनि आम्दानी नभएका किसानलाई धनी बनाउने भन्ने कुरा हामीले सोच्न जरुरी छ ।’

आफ्नो क्षेत्रमा आगमी आर्थिक वर्षको लागि प्रस्तावित बजेटमा केही तलमाथि भएपनि सन्तुलित रुपमा सबै क्षेत्रमा आवश्यक बजेट व्यवस्थापन गरिने सांसद सापकोटाले प्रतिवद्वता जनाए । सभाअध्यक्ष गरेका गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङले सबै क्षेत्र वर्ग लिंग र समुदायलाई समेट्ने खालको सन्तुलित बजेट गाउँपालिकाले तयार गरेको दावी गरे । गाउँपालिकाकी उपाध्यक्ष सरु लामाद्वारा १३ औं गाउँसभाको लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम तथा बजेटका प्रस्तावहरु बहुमतले पारित भएको छ ।

सभामा प्रस्तुत गरिएको नीति तथा बजेट कार्यक्रममा किसानलाई दुधमा २ रुपैया दिंदै आएको अनुदानलाई बढाएर ५ रुपैंया पु¥याईएको उल्लेख गरिएको छ । त्यस्तै १२ कक्षा सम्म निशुल्क पठनपाठनको व्यवस्था गर्ने नीति कार्यक्रममा उल्लेख छ ।

सभामा गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङ, उपाध्यक्ष सरु लामा तामाङ, आठै वडाका वडा अध्यक्षहरु क्रमशः हुप बहादुर खडका, छविलाल न्यौपाने, रितेश तामाङ, सुर्जे तामाङ, यादव ठकुरी, तेज बहादुर पराजुली, गृविन्द्र कुमार चौलागाई, रमेश कुमार श्रेष्ठ लगाएत अन्य वडा सदस्यहरु उपस्थित थिए । त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत सलबहादुर पाण्डे सहित सम्पर्ण कर्मचारी, पत्रकार र सुरक्षाकर्मीकोसमेत उपस्थिति रहेको थियो ।

यस्तो छ पालिकाको नीति तथा बजेट
बजेट वक्तब्य फाइनल 2080