चौतारा साँगाचोकगढी नगरपालिकाद्धारा एक वर्षको उपलब्धि सार्वजनिकिरण
जेठ, २६, चौतारा । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम समेत र रहेको चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्नो एक वर्षको उपलब्धी सार्वजनिकीकरण गरेको छ ।
१२ स्थानीय तह मध्ये सबैभन्दा जेठो चौसागढी नगरपालिकाले आफ्नो एक वर्षे उपलब्धि सार्वजनिक सुनुवाई मार्फत शुक्रबार सार्वजनिकीकरण गरेको हो ।
चौतारा सागाँचोकगढी नगरपालिकाले कृषि, स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार , आय आर्जन र रोजगारी सिर्जना लगाएत जस्ता स्थानीयको आधारभूत आवश्यकता पुरा एकवर्षको प्रगति प्रतिवेन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत राम बहादुर केसीले प्रस्तुत गरेका थिए । २०७९ श्रावन देखि २०८० जेठ २५ गते सम्मको प्रगति विवरण प्रस्तुत गर्दै प्रमुख प्रशासकिय अधिकृत केसीले शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, भौतिक पूर्वाधार, कृषि, पर्यटन लगाएत क्षेत्रमा उल्लेख्य मात्रमा काम गरेको बताए ।
उनका अनुसार नगरपालिकाले स्वास्थ्यमा स्वास्थ्य बिमा कार्यक्रम, जेष्ठ नागरीक स्वास्थ्य परीक्षण, सुत्केरी पोषण कार्यक्रम, महिलाहरुको लागी स्वास्थ्य सम्बन्धी शिबिर, आखाँ स्वास्थ्य परीक्षण, विपन्न नागरीकलाई औषधी उपचार, मानसिक रोगीहरुलाई स्वास्थ्य परीक्षण, खोप किल्लीनिक, विधालय स्वास्थ्य शिक्षा कार्यक्रम लगाएत प्रगती हाँसिल गरेको छ ।
त्यस्तै खानेपानी तर्फ नगरपालिकाको एक घर एक धारा कार्यक्रम अन्र्तगत वडा नम्बर १ स्थित स्याउले देखि गुन्सा सम्म १ सय ५३ घरधुरीलाई र वडा नम्बर ५ को हुन्द्रङमा २२, वडा नम्बर ७ नेपानेमा १ सय २०, वडा नम्बर ९ सिरान्चौरमा ८३ र वडा नम्बर १४ रानीटार देखि असिनेसम्म १०८ गरी ४ सय ८६ वटा धारा निमार्ण गरीएको नगरपालिकाको प्रगती विवरणमा उल्लेख छ ।
भौतिक निर्माण तर्फ नयाँ ट्रयाक २०.१० किलो मिटर निमार्ण कार्य सम्पन्न भएको छ भने ३ सय १० किलो मिटर सडक स्तरोन्नती भएको छ र २.१५ किलो मिटर सडक कालोपत्रे गरिएको छ । ५९ वटा सामुदायिक भवन निमार्ण तथा मर्मत गरीएको नगरपालिकाले जनाएको छ । वडा नम्बर ४ मा शहिद स्मृति पार्कको ५० लाख बजेट बिनियोजन गरी निमार्ण भईरहेको ,शंखधर पार्क निमार्णलाई ८ लाख बजेट निमार्ण कार्य सम्पन्न गरीएको उल्लेख गरीएको छ । कृष्ण मन्दिर निमार्ण कार्य भईरहेको छ । बुद्ध पार्कको बाकीँ काम सम्पन्न् गर्न बजेट सुनिश्चत गरीएको ,एउटा खेलमैदान , ट्रस पुल ,झोलुङगेपुल निमार्ण कार्य सम्पन्न भएको उल्लेख छ ।
यस्तै शिक्षा क्षेत्रमा अनिवार्य तथा निशुल्क शिक्षाको सुनिश्चिताका लागी मोबाईल भर्ना अभियान समेत सञ्चालन गरी आधारभुत शिक्षाका उमेर समुहका शत प्रतिशत बालबालिकाहरुलाई विधालयमा भर्ना गराई बिधालय बाहिर बालबालिका नरहेको घोषणा सबै वडामा गरीएको जनाईएको छ । यस्तै पर्यटन क्षेत्रमा विशेष प्राथमिता राख्दै गौरती मन्दिर, रानीपोखरी, सुकुटे, बुद्धपार्क, गढी लगाएत विशेष पर्यटकीय स्थलको रूपमा अगाडि बढाउन नगरपालिकाले सम्भाव्यता अध्ययन गरेर प्राथामिकतामा राखेको जनाईएको छ ।
सहभागीको प्रश्नको सम्बोधन गर्दै नगरपालिका प्रमुख कृष्ण प्रसाद सापकोटाले नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिँदै आएपनि लगानी सदुपयोग हुन नसकेको बताए । उनले नगरपालिकाले किसान लक्षित कार्यक्रम ल्याएपनि वास्तविक किसान आफूकोमा आइनपुगेको बताए ।
नगरलाई समृद्ध बनाउन कृषि क्षेत्र एउटा बलियो खम्बा भएकोले नगरले कृषिलाई बस्तुवादी र वैज्ञानिक ढंगबाट व्यवसायीकरण गर्न जोड दिएको बताए ।
नगरपालिकाभित्र उत्पादन भएका कृषि उपजको ब्यवास्थापन नगरपालिकालेनै गर्ने उनले बताए । त्यस्तै नगरप्रमुख सीता थापाले नयाँ जनप्रतिनिधि आएसंगै एक वर्षमा नगरले जनताका आधारभूत आवश्यकता पुरा गरेको दावी गरिन ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीले शिक्षा, स्वास्थ्य, कृषि, महिला सहभागीता, गाउँमै रोजगारी सिर्जना गर्नुपर्ने र नगपालिकाले निर्यातलाई जोड दिनुपर्ने लगायतका सबाल उठाएका थिए ।