झिर्पु माविबाट टुसाउँदै चिनियाँ भाषा

दिनेश दुलाल
बैशाख १३, (२०८०) तातोपानी । स्थानीय शिक्षिका रिना श्रेष्ठ (थापा) ले झिर्पु माध्यामिक विद्यालयका बाबालिकाहरुलाई कक्षा कोठामा गएर चाईनिज भाषाबाट क, ख सिकाईन । चीनमा कसरी उच्चाहरण गरिन्छ भनेर बोलेको टेपरेकर्ड सुनाईन । अनि अक्षर लेख्ने तरिका पनि सिकाइन् । नेपाली भाषा बायाँबाट दायाँ लेखेजस्तै चिनियाँ अक्षर दायाँबाट बायाँ अनि माथिबाट तल लेखिँदो रहेछ ।

झिर्पु माविका विद्यार्थीहरुलाई चिनिया भाषा अक्षर सिकाउँदै शिक्षिका रिना श्रेष्ठ (थापा)

चीनमा ६ वर्ष चिनिया भाषा अध्यायन गरेकी ती शिक्षिकाले सुरुमा स्मार्टबोर्डमा एउटा अक्षर देखाइन् । अब कता लेखिन्छ भनेर विद्यार्थीलाई प्रश्न गरिन् । भोटेकोशी गाउँपालिका अन्र्तगत झिर्पु स्कुलका नौ कक्षाका विद्यार्थीले माथि–तल, दायाँ–बायाँ भने । शिक्षिकाले चिनिया भाषाको रेकर्ड सुनाउँदै वोर्डमा अध्यक्ष चिनाईन ।

सुरुमा चिनियाँ अक्षर देखाइन् अनि तस्बिर र अंग्रेजी नाम । ती शिक्षिकाले उसैगरी विद्यार्थीलाई चिनियाँ अक्षर लेख्न लगाइन् । हरेक विद्यार्थीले धमाधम चिनियाँ अक्षर लेख्न थाले । धेरैले आफ्नो नाम लेखे । सिन्धुपाल्चोकम पहिलो पटक पढाई थालिएको झिर्पु माविमा विद्यार्थी मात्रै होईन शिक्षक समेत उत्साहित देखिए । नयाँ भाषाको सुरुवात भएकोमा विद्यार्थीहरु निकै खुशी देखिए ।

चिनियाँ भाषा पढाउने झिर्पु मावि सिन्धुपाल्चोक पहिलो विद्यालय बनेको छ । बुधबारबाट नियमित चाईना भाषा कक्षा सुरुवात गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आङछिरी शेर्पाले सिन्धुज्वालालाई जानकारी दिए । उनका अनुसार एकजना शिक्षिकाबाट ९ देखि १२ कक्षा सम्मका विद्यार्थीहरुलाई चाईना भाषा पढाउन सुरु गरिएको हो । शिक्षक आवश्यकतालाई विस्तार गरेर७ देखि नै चाईना भाषा कक्षा सुरुवात गरिने विद्यालयका प्रअ टंक पन्थले जानकारी दिए ।

सोवर्स एक्सन हङकङ र सोवर्स एक्सन नेपालको आर्थिक सहयोगमा झिर्पु माविमा चाईनिज भाषाको पढाई भएको हो । तीन साता अघि मात्र सोवर्स एक्सन हङकङका प्रतिनिधि र गाउँपालिका तथा विद्यालयबीच द्विपक्षीय सम्झौता भएको थियो भने हङकङ टोलीद्वारा करिब डेड महिना अघि झिुर्पु माध्यामिक विद्यालयमा शैक्षिक भ्रमण गरेका थिए ।

भाषाको लागि सहयोगी दाता हङकङ टोलीलाई झिर्पु माध्यामिक विद्यालयमा ल्याईपु¥याउन पहिलो पहल सोही विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आङछिरी शेर्पाले गरेका थिए । भोटेकोशी गाउँपालिकालाई चिनिया भाषाको हब बनाउने गाउँपालिकाले रणनीति अनुसार झिर्पु माविबाट चाइना भाषा कक्षा सुरुवात गरेर छिमेकी मुलक चिनसंग भाषा सम्बन्धलाई विस्तार गर्ने उद्देश्य गाउँपालिको छ । चीनसंग जोडिएको उत्तरी नाका तातोपानी नाकाको व्यापार सम्बन्ध, साँस्कृतिक लगाएत सम्बन्धमा भाषाका कारण समस्या उत्पन्न भएको भन्दै गाउँपालिकाले समेत यो विषयलाई प्राथमिकतामा राखेको जनाएको छ ।
यसैबीच सोही संस्थाले ७ देखि १२ सम्मका विद्यार्थीहरुलाई निशुल्क दिवा खाजाको व्यवस्था समेत भएको विद्यालयले जनाएको छ ।