विचार र विधिमा संगै जान नसके अधिनायकवादमा फस्ने सक्ने पूर्व सभामुखले दिए चेतावनी

दिनेश दुलाल
पौष २९, साँगाचोक (सिन्धुपाल्चोक) । पूर्व सभामुख अग्निप्रसाद सापकोटाले विचार र विधिमा संगै जान नसके मुलक अधिनायकवादमा फस्ने बताएका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका वडा १२ को श्री जनजागृति मावि साँगाचोकको ७२ औं वार्षिक उत्सब कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सभामुख सापकोटाले यस्तो धारणा राखेका हुन् । कार्यक्रमका प्रमुख अतिथि रहेका सापकोटाले बिचार र विधि संगै जानुपर्ने तर्क राख्दै भने, ‘ बिचारले मात्रै चल्दैन विधि पनि हुन जरुरी छ ।’ मुलुकमा राजनैतिक उतारचडाव आउनुको कारण विधि र व्यवहारको उचित सन्तुलन नभएको उनको तर्क छ ।

‘शिक्षा’ विकास निर्माणको मरूदण्ड भएको उल्लेख गर्दै पूर्व सभामुख सापकोटाले पछिल्लो दशकमा शिक्षाको परिभाषा बदलिएको ठोकुवा गरे । वैज्ञानिक आईन्सटाईनले भनेको सन्दर्भ कोट्याउँदै सापकोटाले पढ्नु राम्रो भएपनि त्यलाई कार्यान्वयन गर्न नसक्दा अर्थ नलाग्ने धारणा राखे । संसारका सबै आ–आफ्ना मान्यता भएपनि जसले समाजको लागि अग्रणी भूमिका निर्वाह गरेको छ उसको मानक सबैभन्दा उच्च हुने उनको तर्क छ ।

दुनिया प्रविधिको विकासमा फड्को मारेको बताउँदै सापकोटाले शिक्षाले जीवन उपयोगी कसरी बनाउन सकिन्छ त्यतातिर सोच्न उनले सुझाए । समय युग अनुसार आफ्ना छोराछोरीलाई समय दिन नसके जींदगी वर्वाद हुने चेतावनी दिंदै पूर्व सभामुख सापकोटाले भने, ‘तपाईहरूले जे जान्नु भएको छ त्यहि मात्र सिकाएर अब काम चल्दैन, किनकी दुनिया बदलीसक्यो ।’

अर्को एक प्रसंगमा सापकोटाले लोकतन्त्र बलियो हुनु भनेको आफू सक्ष्म हुने तर्क पेश गर्दै पहिला आफैलाई चिन्ने र अनि दुनिया बदल्न सकिने उनको भनाई छ । शिक्षकहरुलाई समेत अपग्रेड हुन सुझाब दिंदै प्रर्व सभामुख सापकोटाले शिक्षकले संधै आफूलाई अपग्रेड गर्न नसके अधोगतितिर जाने उनको भनाई छ । मान्छेमा हुनपर्ने देशभक्ति र सदाचार दुई महत्वपूर्ण गुणको चर्चा गर्दै उनले शिक्षकमा अनिवार्य चरित्रवान हुनपर्ने तर्क पेश गरे ।

कार्यक्रमका विशेष अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले शिक्षाको चौतार्फी विकासममा सामिहक प्रयासको आवश्यकता औंल्याउँदै शिक्षामा प्रतिश्पर्धामा जानको लागि प्राविधिक शिक्षाको आवश्यक रहेको औंल्याए । नगरपालिकाले शिक्षाको लागि विशेष योजना बनाएको जानकारी दिंदै सापकोटाले नगरले तत्काल फाईबर बिछ्याउन लागेको जानकारी दिए । नगरले सबै विद्यालयको डाटा संकलन गर्न थालिएको समेत जानकारी दिए ।

कार्यक्रममा नगरपालिकाकी उपमेयर सीता थापा, माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पराजुली, कांग्रेसका नेता केशब गिरी लगाएतले विद्यालयको वार्षिक उत्सव कार्यक्रमको शुभकामना मनतव्य राखेका थिए ।

सोही कार्यक्रमको अवसरमा विद्यालयलाई सहयोग पु¥याउने विभिन्न महानुभावहरु, विद्यालयका उत्कृष्ट शिक्षकहरु लगाएतलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो । सोही कार्यक्रमको अवसरमा सामाजिक व्यक्तित्व चन्दादाता गौरीशंकर पराजुलीले विद्यालयलाई एकलाख ११ हजार १ सय ११ रुपैंया सहयोग प्रदान गरेका थिए । त्यस्तै भूप्ु विद्यार्थी समाजले जेहेन्दर दुई छात्रछात्राको लागि छात्रवृति हस्तान्तरण गर्नुको साथै अन्य शैक्षिक सामाग्री विद्यालयलाई हस्तान्तरण गरेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अक्कलबहादुर तामाङको सभापतित्वमा भएको साँस्कृतिक मनोरञ्जन सहितको उक्त कार्यक्रममा विद्यालयका प्रध्यानध्यापक पदमप्रसाद पराजुलीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्त्त गरेका थिए ।