सुनकोशी हार्डवेरमा भिषण आगोलागी, दुई घण्टापछि आगो नियन्त्रणमा

जेठ ८, खाडिचौर (सिन्धुपाल्चोक) । बलेफी गाउँपालिका –७ खाडिचौर स्थित सुनकोशी हार्डवेरमा भिषण आगलागी भएको छ ।
दोलखा घर भई सुनकोशी हार्डवयरका सञ्चालन गरेका विदुर खड्काको करोड मूल्य बराबरको आगोलागिबाट क्षेति भएको बताईएको छ ।

गएराति ९ः ४० मा आगोलागि भएकोमा करिब २ घण्टा पछि अर्थात ११ः ४२ मा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जनाकारी दिए । उनका अनुसार आगो नियन्त्रणको लागि चौतारा र पाँचखालबाट २ ओटा दमकल सहित प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रण लिईएको थियो ।

राती नै आगो नियन्त्रणमा लिएपनि क्षतिको विवरण आउन बाँकी रहेको र आगोलागी हुनको कारणबारे अनुसन्धान भईरहेको प्रनाउ बस्नेतले बताए । प्रहरीका अनुसार खाडीचौर बजारमा रहेको उक्त हार्डवयरमा आगोलागि हुँदा भौतिक सम्पति नष्ट भएपनि मानवीय क्षति भने भएको छैन् ।