
अनाथहरुको सारथी बन्दै समाजसेवी रीता, बालबालिकालाई बाँडिन न्यानो कपडा

पुस १९, चौतारा (सिन्धुपाल्चोक) । समाजमा व्यक्तिगत फाईदा मात्र खोज्ने मात्र छैनन्, अरुहरुको लागि केही गरौं भन्नेहरु पनि छन् । आफू भन्दा माथि उठेर समाजको लागि केही गरौं भन्ने भावना समेत पछिल्लोपटक जागृत हुँदै गएको छ । आफूले आर्जन गरेको धनसम्पतिबाट थोरै भएपनि समाजसेवामा लगाउँ भन्ने त्यस्ता व्यक्तिहरु समेत भेटिन थालेका छन् ।
जसको ज्वलन्त उदाहरण, त्यस्तै भावना बोकेकी सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ७ कल्लेरीकी रीता दुलाल हुन् । उनै समाजसेवी दुलालले बिगत ३ वर्ष देखि एक विद्यालयलाई न्यानो कपडा, शैक्षिक सामाग्री तथा खाद्यन्न सहयोग गर्दै आएकी छिन् । दुलालले मंगलबार सोही नगरपालिकाको वडा नम्बर १ अन्र्तगत स्याउले यार्सामा रहेको श्री सातकन्या कालिका देवि आधारभूत विद्यालयमा अध्यायनरत साना बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेकी हुन् । चौतारा साँगाचोकगढी नगरपालिका–१, स्याउले यार्सामा रहेको अधारभूत विद्यालयका बालबालिकाहरुलाई दुलालद्वारा जाडोको न्यानो कपडा (ज्याकेट, सुईटर), शैक्षिक सामाग्री वितरण गरिएको सोही वडाका वडाअध्यक्ष युवलाल श्रेष्ठले जानकारी दिए ।
समाजसेवा गर्न आफू ईच्छुक भएकोले विद्यालयका बालबालिकालाई न्यानो कपडा प्रदान गरिएको समाजसेवी दुलालले बताईन । आफू साईप्रसमा बस्दै सहयोग गरिएको बताएकी रिताले बिगत ३ वर्ष देखि उक्त विद्यालयलाई सहयोग गर्दै आएको उनले जानकारी दिईन । ‘कहिले स्कुलको स्टेशनरी सामाग्रीहरु, कहिले त कहिले कपडा दिने गरेको छ’, दुललाले भनिन् । उनका अनुसार गत साल जाडोको लागि सुईटर प्रदान गरेकी थिईन । समाजसेवी दुलालले विद्यालयका ३० जना विद्यार्थीलाई न्यानो कपडा गरेको विद्यालयले जनाएको छ ।
सामाजिक अभियान्ता दुलालद्वारा प्रदान गरिएको उक्त सामाग्री एक कार्यक्रमका बीच वडा अध्यक्ष युवलाल श्रेष्ठले बालबालिालाई प्रदान गरेको विद्यालयका अ प्रध्यानध्यापक सूर्य श्रेष्ठले जानकारी दिए ।
स्मरण रहोस लामो समय साईप्रसमा रहेर काम गरेकी समाजसेवी रिता गिरिजा फाण्डेन साईप्रसकी अध्यक्ष समेत हुन् ।