भोटेकोशीलाई चिनिया भाषाको हब बनाउने योजना, पहिलो प्रयास झिर्पु माविबाट((भिडियो सहित)

दिनेश दुलाल
पौष ५, फुलपिङकट्टी । भोटेकोशी गाउँपालिकालाई चिनिया भाषाको हब बनाउने गाउँपालिकाले रणनीति लिएको छ । पालिका भित्रका माध्यामिक तहका विद्यालयहरुमा चाइना भाषा कक्षा सुरुवात गरेर छिमेकी मुलक चिनसंग भाषा सम्बन्धलाई विस्तार गर्ने उद्देश्य अनुसार यो रणनीतिमा गाउँपालिका पुगेको हो । चीनसंग जोडिएको उत्तरी नाका तातोपानी नाकाको व्यापार सम्बन्ध, साँस्कृतिक लगाएत सम्बन्धमा भाषाका कारण समस्या उत्पन्न भएको भन्दै गाउँपालिकाले समेत यो विषयलाई प्राथमिकतामा राखेको जनाएको छ ।

गाउँपालिकाले पालिका भित्रका विद्यालयमा चाईनिज कक्षाको लागि आवश्यक बजेट नै विनियोजन गरेर आवश्यक पर्ने सहयोग प्रादन गरिने भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङनुर्पु शेर्पाले जानकारी दिए । ‘यो भाषाले छिमेकी चिनसंगको सम्बन्धलाई प्रागढ मात्र नभई व्यापार व्यवसाय तथा रोजगारी समेत वृद्वि हुन्छ’, पालिका अध्यक्ष शेर्पाले भने ।

हङकङ टोलीद्वारा सोमबार झिुर्पु माध्यामिक लगाएत विद्यालयमा गरिएको शैक्षिक भ्रमणबाट आफूहरु आशावादी भएको गाउँपालिका अध्यक्ष शेर्पाको कथन छ । पालिका भित्रका ६ वटै मावि तहका विद्यालयमा चाईनिज भाषा सिकाईने पालिकाको योजना रहेपनि पहिलो चरणमा झिर्पु माध्यामिक विद्यालयबाट थालिने उनले बताए । भाषाको लागि सहयोगी दाता हङकङ टोलीलाई झिर्पु माध्यामिक विद्यालयमा ल्याईपु¥याउन पहिलो पहल सोही विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आङछिरी शेर्पाले गरेका थिए ।

शिक्षा क्षेत्रमा के गर्न सकिन्छ भन्ने सबालमा एकदर्जन जति हङकङ टोलीद्वारा झिर्पु माध्यामिक विद्यालयमा अध्यायन भ्रमण गरिएको विव्यस अध्यक्ष शेर्पाले जानकारी दिए । उनका अनुसार केही संघसंस्थासंग समन्वय पश्चात स्थानीय धार्मिक गुरु मार्फत हङकङका दाताहरुलाई ६ महिना अघि देखि परामर्श भएको थियो । विव्यस अध्यक्ष शेर्पाका अनुसार ९ कक्षा देखि १२ कक्षा सम्मका विद्यार्थीलाई पढाईने विद्यालयको योजना छ । चाईने भाषाको सन्दर्भमा पाठ्य पुस्तकमा अनुमति सकेको हुनाले सोही अनुसार लागु गरिने उनको भनाई छ । यदि हङकङ टोलीले माग पुरा गरिदिए काठमाडौंको बालसुधार माध्यामिक विद्यालय पछिको चाईना भाषा पढाउने झिर्पु माध्यामिक विद्यालय हुनेछ । शिक्षाको हिसाबले भोटेकोशी गाउँपालिका मात्रै नभई जिल्लाकै नमुना विद्यालय बनाउने उनको उदघोष छ ।

छिमेकी विशाल चीनसंग सीमा जोडिएको विद्यालय भएर पनि भाषाका समस्याका कारण केही फाईदा लिन नसकिएले यो भाषालाई विशेष प्राथमिकता राखिएको उनको भनाई छ । भोटेकोशीलाई चिनिया भाषाको हब बनाउने उनले उदघोष गरे । विद्यालयले पठाएको प्रस्थावनाको आधारमा उनीहरु शेक्षिक भ्रमणको लागि आईपुगेको विद्यालयका प्रध्यानध्याक टंक पन्थले जानकारी दिए । आवश्यकता होकी होइन भनेर त्यसको मूल्याङकन गर्न यहाँ आईपुगेको उनले बताए ।

हङकङ टोलीको सामुदायिक विकासको लागि सहयोग गर्ने उद्देश्य भएकाले चिनिया भाषा पढाउने आफूहरुको योजना पुरा हुने उनले दावी गरे । उनका अनुसार अबको केही हप्ताभित्र विद्यालय र हङकङ टोलीबीच सम्झौता हुनसके उक्त हङकङी संस्थाले विद्यालयलाई चाईना भाषा पढाउन आवश्यक शिक्षकको लागि सहयोग प्रदान गर्नेछ । सोमबार टोलीले भोटेकोशी गाउँपालिका वडा नम्बर ४ मा रहेको ३ वटा विद्यालयमा भ्रमण गरेका थिए । भेटघाटका क्रममा टोलीसंग चिनिया भाषा कक्षा सञ्चालनमा सहयोग, दिवा खाजामा सहयोग तथा अन्य शैक्षिक सामाग्री सहयोगको बारेमा छलफल भएको प्रअ पन्थको भनाई छ । हङकङ टोलीलाई विद्यालयको तर्फबाट नेपाली ढाका टोपी तथा खादामालाले स्वागत गरिएको थियो ।
स्मरण रहाेस, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष अाङछिरी शेर्पा लगाएले साेवरस एक्सन नेपाल संस्थाको अध्यक्ष आचार्य पासाङ वाङदी शेर्पा सँग समन्वय गरेर पासाङ वाङदीको पहलमा सहकार्य गरी रहेको र साेवरस एक्सन हङकङ टिम अवलोकन भ्रमणमा आएका हुन् । नेपालमा र हङकङमा एकै नाम गरेको उक्त संस्थाले शैक्षिक क्षेत्रमा सहकार्य गरिरहेको छ ।