सिन्धुपाल्चोक २ मा बस्नेत र दुलालको सम्भावना, १ मा सरेश र माधवबीच कडा प्रतिश्पर्धा
दिनेश दुलाल
मंसिर ६, चौतारा । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको लागि भएको निर्वाचनको मतगणना प्रक्रिया चलिरहेको छ । निकै ढिलोगरी सुरु भएको मत गणनाको परिणाम अनुसार सिन्धुपाल्चोकमा मिश्रित परिणाम आएको छ । जस अनुसार जिल्लाको क्षेत्र नम्बर २ मा वाम लोकतान्त्रिक गठबन्धनले अग्रता लिएको छ । यो क्षेत्रमा वाम लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार नेपाली कांग्रेसका मोहन बहादुर बस्नेतले एमालेका शेरबहादुर तामाङलाइ १५ सय मतान्तरले पछि पारेका छन् । बस्नेतले ५ हजार ५ सय २० ल्याउँदा तामाङले ४ हजार १२ मत प्राप्त गरेका छन् । त्यसैगरी २ को प्रदेश (क) मा गठबन्धनबाट माओवादी केन्द्रका युवराज दुलालले एमालेका अमानसिं तामाङलाई झण्डै २ हजारको मतान्तरले पछि पारेका छन् । दुलालले ५०५८ ल्याउँदा तामाङले ३ हजार ३ सय ५३ मत प्राप्त गरेका छन् । यो दिउस २ बजे सम्मको मत परिणाम हो । ईन्द्रावती गाउँपालिकाबाट सुरु भएको मतगणना अब केही वडा मात्र बाँकी रहेको जिल्ला निर्वाचन आयोगले जनाएको छ ।
यसैबीच प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार माधव सापकोटा ‘सुवोध’ र एमालेका उम्मेदवार सरेश नेपाल बीच कडा प्रतिश्पर्धा देखिएको छ । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार प्रतिनिधि सभा १ का उम्मेदवार सरेश नेपालले ५ हजार ३ सय ४९ ल्याउँदा सापकोटाले ४ हजार ६ सय ६९ मत ल्याएका छन् ।
त्यसैगरी प्रदेशसभामा एमालेका डिबि तामाङ र गठबन्धनकी मसिना खड्काबीच कडा प्रतिश्पर्धा भएको छ । जसमा तामाङले ६३७५ मत ल्याउँदा खड्काले ६३६५ ल्याएकी हुन् । यो मत परिणाम १ नम्बर क्षेत्रको भोटेकोशी गाउँपालिका तथा बाह्रबिसे नगरपालिकाको ६ नम्बर वडा सकिदा सम्मको हो भने २ नम्बर प्रतिनिधिसभाको ईन्द्रावती गाउँपालिकाको परिणाम हो । १ नम्बर क्षेत्रमै कस्ले बाझी मार्ला भन्ने कुनै अनुमान गर्न नसक्दा २ मा भने प्रतिनिधिसभामा बस्नेत र प्रदेशसभामा दुलालको सम्भावना बढेको हो ।