विद्यालयको भौतिक प्रगति देखेर अस्ट्रेलियन नागरिक हर्षले भावविह्ल हुँदा सबैका आँशु रसाय

दिनेश दुलाल
कार्तिक १६, सुकुटे (सिन्धुपाल्चोक) । अष्ट्रेलीयन नागरिक लिण्डा हारउड लगाएतको एक टोली चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १० खत्रीथोक स्थित भिमेसेन माध्यामिक विद्यालय पुग्यो । उनीहरु विद्यालय गेटबाट भित्र के प्रवेश मात्र गरेका थिए, विद्यालयले गरेको भौतिक प्रगति देखेर उनीहरु सबै तीन छक्क परे ।

भिमसेन माध्यामिक विद्यालयले निर्माण गरेको विभिन्न प्रयोगशालाको निरिक्षणको क्रम अर्मेला फाउण्डेसनकी अध्यक्ष लिण्डा लगाएत टोली

अर्मेला फाउण्डेनकी अध्यक्ष लिण्डा खुशीले भावविह्ल भईन । त्यो बखतमा सबैका आँखामा खुशीका आँशु रसाय । अर्मेला फाउन्डेसनले दिएको थोरै सहयोगलाई पनि विद्यालयले राम्रै सदुपयोग गरेको देखेर उनीहरु निकै उत्साहित देखिए । प्रध्यानध्यापक जनार्दन नेपालले जब फाउन्डेसनका टोलीलाई विद्यालयले निर्माण गरेको विज्ञान प्रयोगशाला, पुस्ताकालय, कम्युटर ल्याव तथा आइसिटी बोर्ड लगाएत स्थानमा के पु¥याएका थिए फाउण्डेनका सदस्य क्यायरीन लेसली, पेट्री, रोलिल हिक्की तथा बेट्टी खुशीले गदगद हुँदै उनीहरुका आँखामा आँशु टिलपिलायो । यो दृश्य बुधबारको हो । अष्ट्रेलीयन संस्था अर्मेला फाउण्डेसनको सहयोग तथा नेपाल नदि संरक्षण संस्थाकाको समन्वयमा निर्माण भएको उक्त विद्यालय बुधबार समुदायलाई हस्तान्तरण गरिएको हो ।

२०७२ सालको भुकम्पले उक्त विद्यालय तहसनहस भएर जिर्णाेदार रहेको अवस्थामा अर्मेला फाउण्डेसनले विद्यालयको भौतिक संरचना निर्माण गर्नका लागि आर्थिक सहयोग प्रदान गरेको थियो । त्यस ठाउँमा संस्थालाई भित्र्याउने काम भने नेपाल नदि संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले गरेका थिए । अर्मेला फाउण्डेसन अस्ट्रेलीयासंग समन्वय गराएर विद्यालय सम्म ल्याउने काम आले लगाएत होटल व्यवसायी अन्जान खड्का, कृष्ण सापकोटा क्रियासिल थिए । निर्माण थालेको झण्डै ६ वर्ष पछि समुदायलाई हस्तान्तरण गरिएको नवनिर्मित भवनको अर्मेला फाउन्डेसनकी अध्यक्ष लिण्डा हारउडले गरेकी हुन् ।

भवनको उद्घाटन पछिको समारोहलाई सम्बोधन गर्दै संस्थाकी अध्यक्ष लिण्डाले भिमसेन माध्यामिक विद्यालयले गरेको भौतिक प्रगतिलाई खुलेर प्रसंशा गरिन । आफूहरुले गरेको सहयोगलाई विद्यालयले राम्रो सदुपयोग गरेकोमा उनले धन्यवाद समेत व्यक्त गरिन । ‘तपाईहरुले गरेको प्रगति देखेर म निकै उत्साहित छु, हामीले गरेको सहयोगलाई राम्रो सदुपयोग गरेकोमा तपाईहरुलाई बधाई छ’, संस्थाकी अध्यक्ष लिण्डाले भनिन । भूकम्पले जिर्णाेदार रहेको उक्त विद्यालयलाई अष्ट्रेलीयन नागरिक तथा त्याहाँका विद्यार्थीबाट संकलित सहयोग रकमलाई फाउण्डेसनले जम्मा पारेर विद्यालयलाई सहयोग प्रदान गरिएको उनले बताईन । सहकार्य र सहयोगलाई आगमी दिनमा निरन्तर दिने बचन दिएकी लिण्डाले संस्थाको सहयोगमा विद्यालयले गरेको भौतिक प्रगति साथसाथै शैक्षिक प्रगति समेत हुनेमा आफूले अपेक्षा राखेको समेत बताईन ।

कार्यक्रममा नेपाल नदि संरक्षण संस्थाका कार्यकारी निर्देशक मौसम खनालले भूकम्पले तहसनहस बनाएको भिमसेन माध्यामिक विद्यालय पुननिर्माणको लागि अर्मेला फाउण्डेसनले आर्थिक सहयोग गर्नुमा नेपाल नदि संरक्षण संस्थाको समन्वय रहेको बताए । संस्थाको सहयोग पछि विद्यालय निर्माणमा स्थानीयको समेत चासो र सक्रियता देखिएको उनले सुनाए । नेपाल नदि संरक्षण संस्था कार्यक्रम संयोजक बिजय बस्यालले आफूले खोला तथा नदिनालाको संरक्षण गर्दै आएतापनि त्याहाँ जोडिएका समुदायको पनि कसरी दिगो विकास र उहाँहरुलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने सोचेर अर्मेला फाउण्डेसनलाई यहाँसम्म ल्याउन सकिएको बताए । भौतिक प्रगतिपछि उक्त विद्यालयबाट राम्रो नतिजा ल्याउने विद्यार्थीहरुलाई नदि संरक्षण संस्थाबाट पूर्ण शैक्षिक छात्रवृति प्रदान गरिने समेत उनले जानकारी दिए । उनका अनुसार नदि संरक्षण संस्थाले सुकुटे माध्यामिक विद्यालय लगाएत शैक्षिक संस्थामा अध्यायनरत छात्रछात्रलाई छात्रवृति समेत प्रदान गरिरहेको छ । विद्यालयको भौतिक संरचनाहरु निर्माण गर्नको लागि अर्मेला फाउण्डेन अस्ट्रेलीयाको अत्यान्त ठूलो सहयोग रहेको सोही विद्यालयका प्रध्यानध्यापक जनार्दन नेपालले बताए । उनका अनुसार उक्त विद्यालय भवन २०७३ साल माघ २४ गते सम्झौता गरिएकोमा २०७९ सालमा मात्र सम्पन्न भएको हो ।

अर्मेला फाउण्डेसनद्वारा ४४ लाख ३३ हजार ६ सय रुपैया विद्यालय भवन बनाउन प्राप्त भउको उनले जानकारी दिए । जसमा विद्यालयको तर्फबाट श्रमदान वापत २० प्रतिशत रकम अविभावकले व्योहोर्ने शर्तमा सम्भझौता गरिएको उनले बताए । विद्यालयको भौतिक संरचना निर्माण संगै सुविधा सम्पन्न कोठामा कम्युटर, विज्ञान प्रयोगशाला, आईसिटी तथा पुस्ताकालय लगाएत संरचना बनाईएको विद्यालयका प्रअ नेपालले जानकारी दिए । अर्मेला फाउण्डेसनले त्यसको अलवा शैक्षिक सहयोग लगाएत उत्प्रेरणा तथा हौसला प्रदान गरिएकोमा उनले धन्यवाद समेत दिए । उक्त सहयोग पछि सो भेगका बालबालिकाहरुमा उत्कृष्ट शिक्षा हाँसिल गर्न सफल भएको समेत उनको दावी छ । आगमी दिनमा उक्त विद्यालयमा अध्यायन गर्ने बालबालिकाहरु आत्म निर्भर बन्नेगरी आधुनिकीकरणद्वारा कृषि क्षेत्रलाई सहयोग पुग्ने हिसाबले फाउण्डेसनले विद्यालयसंग प्रस्तावना मागिएको प्रअ नेपालले सुनाए । आफूहरुले अर्मेला फाउण्डेसनको गुणलाई कहिल्यै नबिर्सने र फेरी पनि निरन्तर सहकार्य गर्ने कार्यक्रमका सभापति रहेका विव्यस अध्यक्ष जनक पाठकको भनाई छ । विव्यस अध्यक्ष पाठकले अर्मेला फाउण्डेसनको सहयोग पछि विद्यालयको भौतिक तथा शैक्षिक प्रगतिमा फड्को मारेको दावी गरे । कार्यक्रममा मिडियाकर्मी जेनिफर नारा, सदस्य क्यायरीन लेसली, क्यायरीन पेर्टी, रोलिल हिक्की, बेट्टी, पुष्पा गुरुङ, रिसोर्ट व्यवसायी अन्जान खड्का विद्यालयका शिक्षक, अविभावक तथा बालबालिकाहरुको सहभागिता रहेको थियो । विद्यालयको तर्फबाट फाउण्डेसनका अध्यक्ष लिण्डालाई दोसल्ला ओडाएर सम्मान समेत गरिएको थियो भने विद्यार्थी लगाएतले पाहुनाहरुको फुलमालाले भव्य स्वागत गरेका थिए ।

स्मरण रहोस उक्त भवन निर्माणको लागि नेपाल सरकारबाट यस अघि कुनैपनि सहयोग भएको थिएन । उक्त सहयोगबाट बनाइएको भवनको भुईतलामा कक्षा कोठा र माथिल्लो कोठामा विभिन्न प्रयोगशालाहरु बनाईएको विद्यालयले जनाएको छ । यसैबीच सोही कार्यक्रमको अवसरमा अर्मेला फाउण्डेसनले विद्यालयलाई बालबालिका लक्षित शैक्षिक तथा खेलकुद सामाग्री प्रदान गरिएको विद्यालय प्रशासनले जनाएको छ । फाउण्डेनद्वारा गरिएको उक्त सहयोग सम्भवत जिल्लाकै ठूलो रहेको आयोजक संस्थाको दावी छ ।