असहायको साहारा बन्दै हाम्रो जन्मभूमी

निर्मल बस्नेत
भदौ ३१, चौतारा । हाम्रो जन्मभूमि समाजिक संस्थाले शुक्रबार एक दिवसीय भोजन कार्यक्रमको सम्पन्न गरेको छ । सो कार्यक्रम चौतरा साँगाचोकगढी नगरपालिका वडा नम्वर ५ स्थीत चौतारा अवगालमा रहेको श्री कृष्ण आधारभुत विद्यालयममा गरेको हो ।
विभिन्न समाजिक गतिबिधि गर्दै आएकोे संस्थाले आफ्नो २५ औं कार्यक्रम अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा सम्पन्न गरेको हो । विद्यालयमा अध्ययनरत अपाङगता भएका बालबालिकाहरुका लागि भोजन कार्यक्रमको आयोजना गरेको हो । विद्यालयमा ८ जना बौद्धीक अपाङ्गता भएका विद्यार्थीहरु आवाससहितको सुविधा लिई अध्ययन गर्दै आइरहेका छन् ।

कार्यक्रम चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ का पूर्व वडा अध्यक्ष नरमान श्रेष्ठको प्रमुख आतिथ्यतमा भएको थियो । अभियान्ता संस्थाका अध्यक्ष गीता श्रेष्ठले बालबालिकाका लागि पोषणयुक्त खाद्यान्न खरिदका लागि रु ५ हजार सहयोग हस्तान्तरण गरेकी थिइन्् ।
उक्त अवसरमा प्रमुख अतिथि श्रेष्ठले सामािजक क्षेत्रमा हाम्रो जन्मभूमि संस्थाले खेल्दै आएको भूमिकाको खलेरु प्रशंसा गरे भने नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले सीमित स्रोत र साधनका बीच पनि संस्थाले समाजिक र मानवीय क्षेत्रमा पु¥याउँदै आएको योगदानको चर्चा गरे । बौद्धिक अपाङ्ताका अभिभावक संघ, सिन्धुपाल्चोककी अध्यक्ष जानकी श्रेष्ठले अपाङ्ता बालबालिकाको क्षेत्रमा पनि संस्थाले २ पटकसम्म सहयोग गरेकोमा आभार व्यक्त गरिन् । भिन्तुना आमा समूहकी सचिव विन्दु घलेले संस्थाको गतिविधिको प्रशंसा गर्दै उपस्थीतलाई स्वागत गरेकी थिईन ।

हाम्रो जन्मभूमि सामाजिक संस्थाले अन्य निकायको नजर नपुगेको क्षेत्रको पहिचान गरि सहयोग को अभियानलाई जारी राख्ने अध्यक्ष श्रेष्ठले बताइन् । यसअघि पनि सो संस्थाले विविध रोगवाट ग्रसितहरुलाई उपचार गर्न आर्थिक सहयोग प्रदान गर्दै आएको उल्लेख गरिन्् । संस्था गठनममा टिकटकमा संलग्न केही व्यक्तिहरुको सामूहिक प्रयासबाट सम्भव भएको रोचक प्रसंग जोडेकी थिईन् ।

अध्यक्ष श्रेष्ठले दिएको जानकारी अनुसार संस्थाले २६ औं कार्यक्रम अन्तर्गत काठमाण्डौं कलंकी रविभवन १३ स्थित बृद्धाश्रम व्यवस्था तथा सामाजिक कल्याण गुठी आमा घरमा वृद्धाश्रमामा आश्रित वृद्धाहरुका लागि एक दिवसिय भोजन कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा संस्थाका बरिष्ठ उपाध्यक्ष लेखबहादुर श्रेष्ठ सागरको सभापतित्वमा भएको कार्यक्रममा ३० जना वृद्धालाई भोजनको व्यवस्थापन गरिएको थियो ।

कार्यक्रममा नानू घिमिरे काजोल, दिलशोभा श्रेष्ठ, सञ्चालक समितिका कोषाध्यक्ष नारायण श्रेष्ठ, केन्द्रीय सदस्य रिता दउजा थापा, झम्क बहादुर श्रेष्ठ, अम्बरबहादुर राइ, आजिवन सदस्य प्रमिला बस्नेत थापा, मानार्थ सदस्य उत्तम लामा लगायत रिचमन कलेजका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

संस्था जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकमा दर्ता भएको १ वर्षमा नै उदाहरणीय बन्र्दै गएको देखिन्छ । च्याउसरि संस्था स्थापना हुँने तर गतिविधि सुन्य देखिने संस्थाहरुलाई हाम्रो जन्मभूमी संस्था चोटिलो झापट बनेर प्रस्तुत भएको छ । संस्थाले कुनै दातृ निकायको भर नपरी आफ्नै सदस्यहरु र सहयोगी व्यक्तिहरुबाट आर्थिक संकलन गरि सामाजिक काम गर्दै असाहायको साहारा बन्दै आएको छ ।