अरनिको यातायात प्रा.ली.को अध्यक्षमा केदार क्षेत्री निर्वाचित
भदौ १६, बनेपा (काभ्रे) । अरनिको यातायात समितिको रुपान्तरित पूर्व यातायात प्रा.लीको हिजो भएको ५० औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट केदार क्षेत्री अध्यक्षमा निर्वाचित भएका छन् ।
क्षेत्रीले २ सय ९७ मत ल्याएर उनका दुई प्रतिश्पर्धी लाई भारी मतान्तरणले पछि पार्र्दै उनी निर्वाचित भएका हुन् । क्षेत्रीले २९७ मत ल्याउँदा उनका प्रतिष्पर्धी उद्वव गौतमले १२६ र नृपध्वज महतले ११८ मत ल्याएका थिए । गौतम र महतको मत जोड्दा समेत क्षेत्री निकै फराकिलो अन्तरले जित हाँसिल गरेका हुन् ।
अरनिको निर्वाचन समितिका अनुसार जम्मा मत संख्या ५ सय ८२ रहेको थियो । जसमध्ये ५५५ मत झरेकोमा ५४१ मत मात्र सदर देखिएको छ । अन्य पदाधिकारीको भने मतपरिणाम आउन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ । प्रा.ली. का निर्वाचित अध्यक्ष क्षेत्री व्यवसायमा पुनः ११ वर्ष पछि जोडिएका हुन् । २०६३ देखी २०६९ साल सम्म दुई कार्याकाल अरनिको यातायात समितिको अध्यक्ष भएर काम गरिसकेका छन् । उनको अब तेस्रो कार्यकाल हुनेछ ।