पहिरोमा परि मृत्यु भएका परिवारलाई नेपाली कांग्रेसले ग¥यो आर्थिक सहयोग

भदौ १५, बाह्रबिसे (सिन्धुपाल्चोक) । त्रिपूरासुन्दरी गाउँपालिका–४ पिस्करमा बाढी र पहिरोले निधन भएका १७ बर्षिय विद्यार्थी अमित थामीको परिवारलाइ तत्काल राहत स्वरुप नेपाली कांग्रेसले आर्थिक सहयोग प्रदान गरेको छ ।

केही दिन अघि मात्र पहिरोमा परी ज्यान गुमाएका १७ बर्षिय विद्यार्थी अमित थामीको परिवारलाइ नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पुर्व सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतद्वारा मृतकका परिवारलाई तत्काल राहत स्वरुप नगद १ लाख ६ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको नेपाली कांग्रेस सिन्धुपाल्चोकले जनाएको छ ।

पिस्करका अमित थामीले यहि पहिरोमा परि ज्यान गुमाएका थिए ।

त्रिपूरासुन्दरी गाउँपालिका–४ पिस्करमा पहिरोले ज्यान गुमाएका भएका मृतक अमित थामीको ठुलो बुबा तथा त्रिपुरासुन्दरी गाउँपालिका–४ का निबर्तामान अध्यक्ष तथा नेकपा एमाले त्रिपुरासुन्दरी गापा कमिटी अध्यक्ष लक्ष्मण थामी (भोटोला) लाई उक्त सहयोग हस्तान्तरण गरिएको हो । पीडितलाई लत्ताकपडा, खाद्यान्न, भाडाकँुडा, ओढ्ने ३ थान, ५ थान त्रिपाल, दुई बोरा चामाल, दाल तथा तेल लगाएत सामाग्री प्रादान गरिएको नेपाली कांग्रेस त्रिपुरासुन्दरी गाउँपालिका ईकाई समितिले जानकारी दिएको छ ।

नेपाली काङ्ग्रेसका नेता, कार्यकर्ताबाट संकलन भएको उक्त सहयोग आज घटनास्थलमै पुगेर पीडित परिवारलाई प्रदान गरिएको हो ।
राहत वितरणमा नेता बस्नेत, गाउँपालिका अध्यक्ष भक्तध्वज बोहोरा लगायत नेपाली कांग्रेसका नेता कार्यकर्ता तथा सर्वसाधारण सहभागि थिए । मृतक अमित मंगलामाई मावि पिस्करबाट यसपालि मात्र एसइइ परिक्षा दिएका थिए । मामाघर जाँदा उनी पहिरोमा ढ्ङ्गाले लागेर उनको घटना स्थलमै ज्यान गएको थियो ।