पूर्व मन्त्री दुलालले गरे मेलम्ची र हेलम्बुको अवलोकन, योजना कार्यान्वयनमा स्थानीय खुसी
निर्मल बस्नेत
असार २७ मेलम्ची ( सिन्धुपाल्चोक) । पूर्व सामाजिक बिकास मन्त्री युवराज दुलालले मेलम्ची र हेलम्बुको नदी तटीय क्षेत्रको अवलोकन गरेका छन् ।
दुलालले भू तथा जलाधार कार्यालय सिन्धुपाल्चोकले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाको १ दर्जन भन्दा बढी स्थानमा बनाएको तटबन्ध ग्याबिन जाली गार्हाे र प्लम ढलानको अवलोकन गरेका हुन् । अवलोकन गर्दै उनले भने‘ सम्पूर्ण काम ९० प्रतिशत भन्दा माथी आवश्यकताको आधारमा अति प्रभावकारी रुपले सम्पन्न भएको पाईयो ।’ उक्त कार्याले गर्दा नदी नियन्त्रण, बस्ती र बाटो संरक्षण गर्न मद्दत पुगेको उनको तर्क छ । दुलाल गतबर्षको असार १ र १६ गतेको बाढीमा सोही क्षेत्रमा अहोरात्र राहत तथा उद्दार र बस्ती संरक्षणमा खटेका थिए ।
स्थानीयहरुले दुलाललाई अझै स्थायीतटबन्ध र आवासको व्यवस्थापन गर्न थप बजेट र योजनाहरुको माग गरेका छन् ।
भू तथा जलाधार कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख दिवाकर मास्केले बागमती प्रदेश सरकारले स्वीकृत गरेको ३१ वटा योजनाहरु मध्ये २९ वटा योजना सम्पन्न भएको जनकारी दिए । ‘ती योजनाहरु स्थानीय उपभोक्ता समितिमार्फत कार्यन्वयन गरेका छौँ’, उनले भने, ‘समितिलाई कामको नापजाँचको आधारमा भुक्तानी गरेका छौँ ।’ मास्केले यो योजना उक्त स्थानमा आउनुको पछाडि पुर्व मन्त्री युवराज दुलालको अथक प्रयास र पहलकदमी कै कारण सम्भव भएको जानकारी दिए ।
मेलम्चीका स्थानीय गजेन्द्र श्रेष्ठका अनुसार खोलाले धार परिवर्तन गराएको भएपनि हाल तटबन्धले डर त्रास कम गराई सुरक्षाको वातावरण भएको छ । स्यस्तै मेलम्ची बजार व्यवस्थापन समितिको अध्यक्ष टेकलाल श्रेष्ठले भने स्थानीय प्रभावित पहिलेकै घरमा बसिरहेको बताए । सरकारले ५ लाख रुपैया पुनर्निर्माणको लागि दिने भनेपनि हालसम्म नपाएको स्थानीयको गुनासो छ ।
त्यसैगरी हेलम्बु गाउँपालिका चनौटेका रबिन कक्षपतिका अनुसार उक्त स्थानको ९० प्रतिशत बिकाराल अवस्थामा छ । खोला बस्तीमा आएपनि हाल पहिलेकै स्थानमा पुर्याएको उनीहरुको भनाई ।
अनुगमनमा मन्त्री संगै भु तथा जलाधार कार्यालय सिन्धुपाल्चोकका कर्मचारी, पत्रकार र स्थानीयहरु सहभागी थिए ।